नेपाल सरकारका पुर्व सचिव भिम उपाध्यायलाई कारवाहीको मांग गरिएको छ । नेपाल वैश्य युवा संघ प्रदेश कार्यालयले मिथिलाको परम्परागत एतिहाँसिक सास्कृतीक महोत्सव विवाह पञ्चमीको नियम र विधी माथी अपशब्द प्रयोग गरेको भन्दै उपाध्यायलाई कारवाहीको मांग गरेको छ ।
पूर्व सचिव उपाध्यायले राम जानकी विवाह महोत्सवको बेलामा सामाजिक सञ्जालमा नै ‘एमाले सचिव रघुवीर महासेठकी पत्नी एमाले केन्द्रिय सदस्य जुली महतो विवाह पञ्चमीको अवसरमा बार डान्सर गायकलाई टिप्स स्वरुप नोटको विट्टा खोल्दै उडाउँदै बाँड्दै’ लेखेका छन् । संघका अध्यक्ष राजु कुमार साहले राम जानकी विवाह महोत्सवको बेलामा पूर्व सचिव उपाध्यायले सामाजिक सञ्जालमा यस्तो लेखेको घृणित शब्द लेखेर यहाँका लिंग, समुदाय, धर्म, सँस्कृति र क्षेत्रको भावनामाथि आघात पार्ने गरी मानमर्दन गरेकोमा आपति पनि प्रकट गरेका छन् ।
अध्यक्ष साहले यस सन्दर्भमा प्रदेश सरकारका मुख्यमन्त्री, संघ सरकारका पर्यटनमन्त्री लगायतको निकायमा ध्यानाकर्षण समेत गराई सकेको बताएका छन् ।
उनले आफुहरु उपाध्याय विरुद्व न्यायिक उपचार पनि खोज्ने पक्रियामा रहेको बताउदै न्यायिक र सडक आन्दोलन संगसंगै अगाडि बढाउने बताए । उपाध्यायको विषयमा विवाह पञ्चमीको आयोजक श्री जानकी मन्दिरका महन्तहरु मुख खोल्न नसक्नु बिडम्वना रहेको समेत उनको भनाई छ । साहले उपाध्यायले कम्तीमा फेसबुक मार्फत मिथिलावासी संग औपचारिक माफी माग्नु पर्ने सर्त राखेका छन् ।


