२०७८ मंसिर २९, बुधबार ०७:११

जनकपुरधाम । जनकपुरधाम स्थितका वकिलहरु गोलाप्रथाको माग गर्दै धर्नामा बसेका छन् ।

मंगलवार विहान पनि उनीहरुले कालोपट्टि सहितको विरोध धर्ना प्रदर्शन गरेका छन् । जिल्ला र उच्च अदालत नियमावली संसोधन गरी गोला प्रणाली लागु गराउन उनीहरु धर्नामा बसेका छन् । उच्च अदालतमा मुख्य न्यायाधीशको तजविजमा अहिले पेसी तोकिदै आएको छ भने जिल्ला अदालतमा एक नम्वर न्यायाधीशले भने मुद्दा तोक्दै आएका छन् । यस्तै प्रणाली सर्वोच्च अदालतमा लागु थियो तर, त्यसलाई संसोधन गरी अहिले त्यहा गोला प्रणाली अनुसारले मुद्दा तोकिने गरिएको छ । सोही प्रणाली यहाँ पनि लागु हुनु पर्ने भन्दै यहाका जिल्ला र उच्च अदालतका वकिलहरु भने धर्ना दिँदै आएका छन् । उनीहरुले धर्ना दिएपनि जिल्ला र उच्च अदालतमा भने बहस हुँदै आएको छ । उनीहरुले पुस ७ गते सम्म माग पूरा नभए सम्पूर्ण काम बन्द गर्ने चेतावनी समेत दिएका छन् ।

Comment


Related News

Latest News

Trending News