२०७८ मंसिर २९, बुधबार १२:३५

जनमत पार्टीले ‘बुथ–बुथ मजबुत’ अभियान चलाउने भएको छ । धनुषाको ढल्केबरमा मंगलवारबाट सुरु भएको पार्टीको विस्तारित बैठकमा अध्यक्ष डा. सीके राउतले यो अभियानबारे जानकारी दिए ।

पार्टीलाइई बुथ स्तरबाटै मजबुत बनाउन ‘बुथ–बुथ मजबुत’ अभियान चलाउने बताए । उनका अनुसार ‘बुथ सबभन्दा मजबुत’ अभियानको नारा रहेको छ । उक्त अभियानको लोगोमा सिंह (बाघ)को चित्र राखिएको छ ।

केहिदिन अगाडी मात्र अध्यक्ष डा. राउत मेचीदेखि महाकालीसम्म जनमत माटो यात्रामा निस्किेको थिए । मधेसका सबै जिल्लाको माटो संकलन गरेका उनले मधेस एकता उद्यान निर्माण गर्ने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News