२०७८ मंसिर २९, बुधबार १६:०७
प्रदेश २ को प्रदेशसभा बैठकम अवरुद्ध भएको छ ।
बैठकमा दुईवटा अध्यादेश पेस भएसँगै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बैठक अवरुद्ध गरेको हो । बैठक अवरुद्ध भएपछि सभामुख सरोज यादवले पुस ८ बिहीबार दिनको १ बजेसम्मका लागि बैठक स्थगित भएको जनाए ।बुधबार बसेको बैठकमा सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेशसभामा पेस गरेका थिए । अध्यादेश पेस गरेसँगै प्रमुख प्रतिपक्षी दल लोसपा नेपालले बैठक अवरुद्ध गरेका थिए ।
प्रदेशसभाको कार्यसूचीमा प्रदेशको नामाकरण तथा राजधानी तोक्ने सम्बन्धी प्रस्ताव रहे पनि सो कार्यसूचीमा बैठक प्रवेश नै गर्न सकेन ।


