२०७८ पुष १, बिहीबार १५:०८

नेपाली कांग्रेसको महामन्‍त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । झन्डै तीन सय मत गन्न बाँकी छँदा गगन थापाले २८ सय ३३ मत ल्याएका छन् ।

त्यस्तै दोस्रो स्थानका विश्वप्रकाश शर्माले १८ सय २४ मत ल्याएका छन् ।

तेस्रो स्थानका प्रकाश शरण महतले १४ सय ५५ मत ल्याएका छन् । झन्डै ३ सय मत गन्न बाँकी छँदा महतभन्दा ३ सय ६९ मतको अग्रता लिइसकेकाले विश्वप्रकाशको जीत सुनिश्चित भएको हो ।

चौथो स्थानमा रहेका प्रदीप पौडेलले १३ सय ३ मत ल्याएका छन् । मीनेन्द्र रिजाल ७ सय ५३ र राजराम कार्की १ सय मत ल्याएका छन् ।

Comment


Related News

Latest News

Trending News