२०७८ पुष २, शुक्रबार ०७:०८
जनकपुरधाम । धनुषाको ढल्केवरमा जारी दोस्रो औद्योगिक व्यापार मेला महोत्सवमा शनिबार नेपाली भाषाका पप गायक समीर घिसिंग आउने भएका छन् ।
पप संगीत प्रेमीहरु माझ लोकप्रिय रहेका आधुनिक पप गायन क्षेत्रका उम्दा गायक घिसिंगको आउने कार्यक्रमले स्थानीय दर्शकहरु उत्साहित देखिएका छन् । पप गायक तथा उदीयमान ¥यापर घिसिंग प्रस्तुतिको लागि ढल्केवर आउन लागेको आयोजक थुप्तेन युवा क्लबका अध्यक्ष धावा लामाले जनाए । महोत्सवमा गायक घिसिंगले करिब एक दर्जन गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको अध्यक्ष लामाले बताए । पुस ४ गतेसम्म चल्ने औद्योगिक व्यापार मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत प्रदर्शनी गरिएको छ ।


