गौर । लैंगिक हिंसा,कानूनी साधन र प्रेषण संयन्त्रबारे एक दिवसीय अभिमुखीकरण कार्यक्रम विहीबार रौतहट सदरमुकाम गौरमा सम्पन्न भएको छ ।
बढ्दै गएको सामाजिक विकृतिको रुपमा रहेको लैंगिक हिंसा , घरेलु हिंसा ,बाल विवाहलाइ न्यूनीकरण गर्ने उदेश्यले इस्लामिक रिलिफ नेपाल , इस्लामिक रिलिफ क्यानाडाको सहयोगमा संचालित समान र न्यायिक समाजकोलागि लैंगिक हिंसा न्यूनीकरण परियोजना अन्तर्गत कार्यक्रमको आयोजना गरिएको थियो । ग्रामीण विकास केन्द्र नेपालको आयोजनामा भएको कार्यक्रममा सहभागी भएका युवा समूह , सामुदायिक तथा महिला समूहका सदस्यहरुलाई सामाजिक रुपमा जरो गाड्दै गएको विकृति विसंगतिलाई न्यूनीकरण गर्न चाल्नु पर्ने कदम , कानूनी प्रक्रिया , कार्यान्वयन गर्ने निकायको भूमिका दायित्व बारे कार्यक्रम संयोजक धर्मेन्द्र साहले जानकारी गराएका थिए । लिङ्ग र लैंगिकताको आधारमा हुने विभेद , असर र निराकरण तथा कानूनी उपचारको विषयमा समूह बनाइ छलफल गरिएको थियो । विभेदको विषयमा कानूनी रुपमा उजुरी दिए केही हदसम्म न्यूनीकरण गर्न सकिने सहभागीहरुले सुझाव दिनुको साथै जनचेतना मुलक कार्यक्रम गरेर यसको बारेमा जागरुकता फैलाउनु पर्ने आवश्यकतामा जोड दिए । राजदेवी नगरपालिका– २,६,७,९बाट सहभागीहरुलाई मोना सिङ्ग , आरती भगत,निभा कुमारी गुप्ता सहितकाले सहजीकरण गरेका थिए ।


