अपडेट 
२०७८ पुष २, शुक्रबार १२:०५

बिहीबार नेपाली बजारमा सुनचाँदीको बजार भाउ आकाशियको छ ।

गत बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापा वाला सुन बिहीबार एकैदिन अधिकतम् एक हजार रुपैयाँले वृद्धि हुँदै ९४ हजार रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै वृद्धि हुँदै ९३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य भने गत बुधबारको मूल्यमा तोलामा १५ रुपैयाँले वृद्धिहुँदै आज एक हजार २५० रुपैयाँ पुगेको छ । गत बुधबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News