२०७८ पुष ३, शनिबार ०७:३५

राजविराज । मारवाडी समुदायले मनाउंदै आएको श्याम महोत्सव विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाइदैछ ।

श्री श्याम अमृत वर्षा नाम दिइएको महोत्सव अन्तरगत बालाजी श्याम भक्तमंडल राजविराजले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरी महोत्सव मनाउन लागेको हो । दुई दिनसम्म चल्ने महोत्सवको पहिलो दिन शुक्रबार मारवाडी समुदायका महिला, पुरुष र बालबालिकाको उल्लेख्य सहभागितामा नगरक्षेत्रमा श्याम निशान रथयात्रा निकालिएको छ । रथयात्रामा विभिन्न विद्यालयका विद्यार्थीहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो । कृष्णभक्तिमा लीन भइ नाचगान गर्दै निकालिएको रथयात्रा र धार्मिक संगीतले नगर गुञ्जयमान भएको थियो । नगर परिक्रमापछि रथयात्रा स्थानीय दास धर्मशालामा पुगी श्याम महोत्सव समारोहमा परिणत भएको थियो । महोत्सव अन्तर्गत शनिबार रसभरी भजन सन्ध्या,महाप्रसाद,अखण्ड ज्योती प्रज्जवलन, फुलको होली लगायतका धार्मिक कार्यक्रम गरिने आयोजक बालाजी श्याम भक्त मण्डलले जनाएको छ । महोत्सवमा नेपालका साथै भारतको दिल्लीका चैतन्य दाधिव, राँचीकी श्वेता अग्रवाल, जयनगरका सोनु र मयंकद्वारा प्रवचन प्रस्तुति र साँस्कृतिक कार्यक्रमको आयोजना गरिने जनाइएको छ । मण्डलले दिएको जानकारी अनुसार प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी महोत्सव मनाइने गरिएको छ ।

Comment


Related News

Latest News

Trending News