अपडेट 
२०७८ पुष ३, शनिबार १७:२८

नेपालमा शनिबार १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार ४ सय ८३ पिसिआर परिक्षणका क्रममा १ सय ५८ जना र २ हजार ५ सय १४ एन्टीजेन परिक्षणका क्रममा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ७२ जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै थप २ सय ५० संक्रमित कोरोना मुक्त हुदा हालसम्म नेपालमा ८ लाख ८ हजार ६ सय ३ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ४ सय २८ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News