२०७८ पुष ४, आईतवार ०७:१९

जनकपुरधाम । नेपाल बीउ व्यवसायी संघ प्रदेश २को तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

शनिबार जनकपुरधाममा प्रदेश २ को आठ वटै जिल्लाका पदाधिकारी एवम् सदस्यहरुको उपस्थितिमा सभा तथा अधिवेशन सम्पन्न भएको हो । नेपाल बीउ व्यवसायी संघ, प्रदेश २ मा रहेका किसान एवम् कृषि सम्बन्धी सामग्री खरीद बिक्री गर्ने उपभोक्ता र विक्रेताहरुलाई उचित बीउ, तालिम एवम् सहज ढंगले कृषि कारोबार गर्न व्यव्स्थापन मिलाउंदै आएको छ । कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उपसचिव विजय कुमार महतोले प्रदेश २ को कृषि क्षेत्रलाई थप प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक रहेको बताए । उनले कृषि क्षेत्रको विषय वस्तु, सामग्री र चुनौतीहरुको बारेमा समेत चर्चा गरे । कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिष पाल, बीउ विजन प्रयोगशाला जलेश्वरका कार्यालय प्रमुख श्रीप्रसाद साह, उद्योग बाणिज्य संघ जनकपुरधामका उपाध्यक्ष अनुरुद्ध साह, नेपाल बीउ व्यवसायी संघका उपाध्यक्ष राज लाल महतो, नेपाल बीउ व्यवसायी संघ प्रदेश २ का कोषाध्यक्ष लगायतका व्यक्तिहरुले आ–आप्mनो धारणा राखेका थिए । यसैबीच संघले दोस्रो अधिवेशनबाट प्रदेश २ को कार्यसमिति पुनर्गठन गरेको छ । गठित समितिको अध्यक्षमा सुनिल कुमार साह रहेका छन् ।

त्यसै गरी उपाध्यक्षमा छोटेलाल प्रसाद,द्वितीय उपाध्यक्षमा राजलाल महतो,महासचिवमा रविन्द्र राज भण्डारी,सचिवमा योगेन्द्र राय यादव तथा कोषाध्यक्षमा हरिशंकर प्रसाद साहको चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा बिद्यानन्द झा,दिनेश प्रसाद साह,मनोजकुमार साह,विनोद कुमार यादव,रविराज दाहाल,अरवीन्द कुमार साह तथा रामचन्द्र यादव रहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News