२०७८ पुष ४, आईतवार ०७:२२

राजविराज । आईडियल सहकारी संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न २२ औं वार्षिक साधारणसभामा संस्थाको कूल बचत संकलन १ सय ६ करोड भन्दा बढी रहेको सभामा अध्यक्ष गणेश कुमार आशद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार संस्थाका हालसम्म कूल बचत संकलन १ सय ६ करोड ४ लाख १० हजार ४६ रुपियां ६५ पैसा रहेको छ । त्यस्तै शेयर पूँजी ८ करोड २० लाख ४० हजार ५ सय, कूल लगानी ७४ करोड ४३ लाख २९ हजार ६ सय ६३ रहेको जनाइएको छ । त्यसैगरी संस्थामा ६ हजार ९ सय ७५ महिला र १० हजार ४३ जना पुरुष शेयर सदस्य गरी जम्मा १७ हजार १८ जना शेयर सदस्य रहेका छन् । सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाको पातो र हनुमाननगरमा सेवा केन्द्र गरी जम्मा तीन ठाउंबाट संस्थाले सेवा दिइरहेको तथा हाल संस्थाले आईडियल स्मार्ट एप, मिस्ड कल बैंकिङ सेवा, इन्टरनेट बैकिङ, जुनसुकै बैंक खातामा रकम ट्रान्सफर गर्ने सुविधा, ई–सेवा वाइलेटमा लोड, एटिएम कार्डबाट भारतमा रकम झिक्न पाउने व्यवस्था भएको अध्यक्ष आशले जानकारी दिए । त्यस्तै संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत जिल्ला प्रशासन कार्यालयमा कम्प्युटर, प्रिन्टर तथा स्क्यानर, तिलाठीमा रहेको कान अस्पताललाई स्टाफ एप्रोन तथा अन्य सामग्री, २ नं. प्रदेश प्रहरी तालिम केन्द्रलाई पानीटैंकी र फिल्टर प्रदान गरेको जनाइएको छ । संस्थाले कोभिडको महामारीको बेला पनि ग्राहकलाई सावधानी पूर्वक सेवा दिँदै आएको बताइएको छ ।

अध्यक्ष गणेश आशको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचारकर्मी अवधेश झा, मनोहर पोखरेल, संस्थाका लखीन्द्र साह, संस्थाका पूर्व संचालक सुर्यनारायण साह लगायतका व्यक्तिले आ–आफ्नो धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News