२०७८ पुष ४, आईतवार ०७:३५

वीरगञ्ज । चिसो छल्न वीरगञ्जमा रहेको उसमानी गनी मदरसामा अध्ययनरत बालबालिकालाई न्यानो कपडा ज्याकेट वितरण गरिएको छ ।

मदरसामा अध्ययनरत दुई सय बालबालिकाहरुलाई शनिबार एक कार्यक्रमबीच लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सांसद रमेश प्रसाद कुर्मीको संसदीय कोषबाट ज्याकेट वितरण गरिएको हो । मदरसा उसमानी गनीका धर्म गुरु मौलाना सगीर लोसपाका नेता कार्यकर्ताहरुले बालबालिकाहरुलाई ज्याकेट प्रदान गरेका थिए । लोसपाले न्यानो कपडा, पैदल यात्री तथा सडक मानवहरुकालागि वीरगञ्ज नगर क्षेत्रका विभिन्न स्थानहरुमा आगो बाल्नको लागि दाउराको समेत प्रबन्ध गरेको सांसद कुर्मीका स्वकीय सचिव शेख फिरोजले बताए । वितरण कार्यक्रममा प्रदेश सांसद रमेश प्रसाद कुर्मी, जिल्ला अध्यक्ष पुरुषोत्तम झा, केन्द्रीय सदस्य रम्भा मिश्रा, नगर उपाध्यक्ष शेख फिरोज तथा स्थानीय र समाजसेवीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News