अपडेट 
२०७८ पुष ४, आईतवार ०७:५७

भारतले आणविक क्षमताको ब्यालिस्टिक मिसाइल ‘अग्नी पी’ को सफल परीक्षण गरेको छ ।

पूर्वी राज्य ओडिसाको अब्दुल कलाम टापुमा हिजो मिसाइल परीक्षण गरेको भारतको रक्षा मन्त्रालयले जनाएको छ ।

रक्षा मन्त्रालयका अनुसार नयाँ पुस्ताको मिसाइल प्रक्षेपणले सबै मिसन उद्देश्यहरू पूरा गरेको छ ।

‘अग्नि पी’ को परीक्षणले सबै आधुनिक प्रविधिको भरपर्दो कार्यप्रदर्शन प्रमाणित गरेको रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

Comment


Related News

Latest News

Trending News