![](https://ejanakpurtoday.com/wp-content/uploads/2021/12/download-4-1062206-1639856434.jpg)
पाकिस्तानको कराँचीमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ विस्फोट भएको थियो ।
विस्फोटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी र पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीमा आबद्ध एक सांसदका बाबुकोसमेत मृत्यु भएको छ । विस्फोटबाट भवनमा आंशिक रुपमा क्षति पुगेको छ । विस्फोटपछि क्षतिग्रस्त भवनको भग्नावशेषमा केही व्यक्ति फसेको आशंकामा उद्दार कार्य तीव्र पारिएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।