अपडेट 
२०७८ पुष ६, मंगलवार ०८:११

सरकारी स्वामित्वको कम्पनी जनकपुर चुरोट कारखाना (जचुकाली) पुनः संचालनमा ल्याइने भएको छ ।

२२ वर्षदेखि बन्द कम्पनी पुनः सञ्चालनका लागि आवश्यक अध्ययन गर्न अर्थमन्त्रालयले समिति बनाएको छ । उद्योग मन्त्रालय, सरकारी उद्योग तथा संस्थान शाखाका प्रमुख गिरीराज ज्ञवालीले कारखाना संचालनका लागि अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेश गरेको जानकारी दिनुभयो । अर्थमन्त्रालय सकारात्मक भएकाले कम्पनी पनि पुनः ब्युँताउन लागिएको उहाँले बताउनुभयो ।

उद्योग मन्त्रालयकी सहसचिव चन्द्राकला पौडेलको संयोजकत्वमा रमेश केशी सदस्य र गगनबहादुर विश्वकर्मा सदस्यसचिव रहने गरी अध्ययन समिति गठन गरिएको छ । समितिले तत्काल संचालन गर्न अध्ययन गर्ने र त्यसका लागि अनुमानित लागतसमेत तयार पार्नेछ ।

यस कारखानाबाट शुरूमा वार्षिक २ अर्ब खिल्ली चुरोटको उत्पादन गरिन्थ्यो । विशेषगरी देउराली, याक र गैँडा उत्पादन गर्ने यस कारखानामा शुरूआतमा ३ सय ६६ जनाले रोजगारी पाएका थिए ।

यही पुस २५ गते कम्पनीको साधारणसभा बोलाइएको छ । संचालक समितिको पुस २ गतेको बैठकले २०५६/०५७ देखि आर्थिक वर्ष २०७६/०७७ सम्मको विषयहरू पारित गर्ने र नयाँ विषयहरू पारित गर्न साधारणसभा आव्हान गरिएको छ ।

साधारणसभापछि कम्पनी अद्यावधिक गरी काम अघि बढाइने बताइएको छ । हाल अध्यक्ष÷महाप्रबन्धक दुवैको जिम्मेवारी सरकारले सहसचिव चन्द्राकला पौडेललाई तोकिएको छ ।

२०५७ सालबाट चुरोटको उत्पादन बन्द भएपछि सात वर्षसम्म सरकारले कर्मचारीलाई सेवासुविधा दिँदै आएको थियो ।तर कामबिनाका कर्मचारीलाई पाल्न राज्यलाई भार हुने भन्दै सरकारले २०७० सालमा कारखाना तत्काललाई बन्द गर्ने निर्णय गरेको थियो ।

https://www.youtube.com/watch?v=vHK8DGXiq10&t=1s

Comment


Related News

Latest News

Trending News