अपडेट 
२०७८ पुष ६, मंगलवार ११:१४

मंगलबार सुनको भाउ एकैदिन ८०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको मूल्यमा ८०० रुपैयाँले घट्दै आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा झरेको हो ।

गत सोमबार बजारमा छापा वाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत ८०० रुपैयाँले नै सस्तिँदै ९२ हजार ५०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले सस्तिँदै एक हजार २३५ रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News