अपडेट 
२०७८ पुष ६, मंगलवार १२:५७

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बिदा र यात्राका कार्यक्रम रद्द गर्न आह्वान गरेको छ।

क्रिसमस नजिकिँदै गरेका बेला डब्ल्यूएचओले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिरहेको भन्दै छुट्टीका बेला तय भएका योजना रद्द गर्न अनुरोध गरेको हो ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस ग्याब्रियससले पर्व मनाउने क्रममा हुने ओहोरदोहोर र भीडभाडले सङ्क्रमण झन् तीव्र हुन सक्ने बताउनुभयो ।

उहाँले जिन्दगी नै रद्द गर्नु भन्दा एउटा कार्यक्रम रद्द गर्नु उपयुक्त हुने समेत बताउनुभएको छ । जिन्दगी रहे पर्व अर्को पटक मनाउन पाइने भन्दै ग्याब्रियसले व्यक्ति, समाज र देश सबैले सहयोग गरे मात्रै महामारीबाट जोगिन सकिने उल्लेख गर्नुभएको छ ।

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएपछि नियन्त्रणका लागि युरोपेली देशले प्रतिबन्धात्मक व्यवस्था लागू गर्ने क्रम बढेको छ । बेलायतमा नयाँ वर्षको पूर्वसन्ध्यामा हुन लागेका कार्यक्रमलाई रोकिएको बीबीसीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News