२०७८ पुष ७, बुधबार ०८:१५

जलेश्वर । महोत्तरी जिल्लाको पिपरा गाउंपालिकाका मुसाफिर झा तथा गितादेवी झाको हत्यामा संलग्न भएको आरोपमा पुर्पक्षकालागि जेच चलान भएका तीन जना अभियुक्तलाई उच्च अदालत जनकपुरले धरौटीमा रिहा गर्ने आदेश जारी गरेको छ ।

पुस ४ गते न्यायाधीशहरू शकुन्तला घिमिरे र रमेश ढकालको संयुक्त इजलासले आरोपी बब्लु झालाई दुई लाख तथा सुरेन्द्र यादव र राजेन्द्र यादवलाई जनही पाँच लाख धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो । यसअघि जिल्ला अदालत महोत्तरीले आरोपी तारादेवीलाई दुई लाख तथा मृतक दम्पतीकी जेठी बुहारी अंशु झालाई ५० हजार धरौटीमा रिहा गरिसकेको छ । गत वर्ष फागुन ११ गते घरबाट बेपत्ता भएका पिपरा– ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनका श्रीमती ६० वर्षीया गीतादेवी झाको शव चैत १२ गते पिपरा–२ अतरारमा पुरिएको अवस्थामा फेला परेको थियो । वृद्ध झा दम्पतीको शव फेला परेपछि सातजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धानपछि अदालत समक्ष प्रस्तुत गरेको थियो । हत्या गर्ने, शव लुकाउने र थप योजनामा संलग्न रहेको भनी जिल्ला अदालतकै निर्णयलाई सदर गर्दै उच्च अदालतले पिपरा– ५ का कैलाश झा, सोही ठाउँका ५२ वर्षीय रामबाबु यादव र भारत बिहारको मधुवनी घर भई हाल पिपरा– ६ बनौली चोकमा बस्दै आएका ५० वर्षीय हरेन्द्र ठाकुरलाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दा चलाउन आदेश जारी गरेको थियो ।

मृतकद्वयको नातामा भतिजो पर्ने सोही ठाउँका कैलाश झाले दम्पतीको हत्या गरी शव एक महिनासम्म आफ्नै घरमा लुकाएर राखेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । हत्यामा संलग्नता खुल्ने डरले शवलाई अन्यत्र सारेका थिए । त्यसपछि उनी पक्राउ परेको प्रहरीले जनाएको छ । कैलाश झाको घरबाट प्रहरीले शव लुकाएर राखेको जस्तापाताले बनेको ट्रंक र अन्य प्रमाणहरू समेत बरामद गरेको जनाइएको छ ।

https://www.youtube.com/watch?v=vHK8DGXiq10&t=2s

Comment


Related News

Latest News

Trending News