२०७८ पुष ७, बुधबार ०८:१८

मलंगवा । सर्लाहीको मलंगवा नगरपालिकामा कार्यरत बालविकास शिक्षिकाहरु आन्लोलित भएका छन् ।

सरकारले घोषणा गरे अनुसारको तलब नदिएको भन्दै आन्दोलित शिक्षिकाहरु नगरपालिकाको कार्यालयको मुख्यद्वार अगाडि धर्ना प्रदर्शन गरेका छन् । सरकारले बजेट भाषणमा बालविकासका शिक्षकहरुकालागि १५ हजार मासिक तलब दिने भने पनि सो अनुसारको तलब नदिँदा बाध्य भइ आन्दोलनमा उत्रिनु परेको बालविकास संघर्ष समितिका अध्यक्ष अन्जना दासले बताइन् । ७ हजार स्थानीय सरकारलाई दिनुपर्ने व्यवस्था गरिएको भएपनि नगरपालिकाले गत ५ महिनादेखि तलब नदिएको गुनासो समेत आन्दोलित शिक्षिकाहरुले गरेकी छिन् । नगरपालिकालाई पटक–पटक तलबकोलागि ध्यानाकर्षण गराउंदा पनि कुनै सुनवाइ नभएपछि आफूहरु बाध्य भइ आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका कोषाध्यक्ष रंजु कर्णले बताइन् । बालविकास शिक्षिकाहरुको आन्दोलनमा शिक्षा क्षेत्र सँग आवद्ध विभिन्न संघ–संगठनहरुले समेत एकबद्धता जनाएको छ ।

Comment


Related News

Latest News

Trending News