२०७८ पुष ८, बिहीबार १०:२६

जनकपुरधाममा नेपाली काँग्रेसको प्रथम अधिवेशन अन्तर्गत मतदान सुरु भएको छ ।

६७ पदका लागि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ९: ३० बजेदेखि सुरु भएको छ । प्रदेश २ भरिका झण्डै २ हजार मतदाता निर्वाचनमा सहभागी छन् । मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन टोलीले जानकारी दिएको छ । काँग्रेसको प्रथम अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएकोमा ५ सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने अहिले ६७ पदका लागि मतदान हुँदै छ ।

नयाँ नेतृत्व चयनका लागि शेरबहादुर देउवा पक्षबाट कृष्ण र विमलेन्द्र निधि पक्षबाट रामसरोज छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् । रामसरोजलाई शेखर कोइराला पक्षको पनि समर्थन रहेको छ । कृष्ण यादव रौतहट जिल्लाका पार्टी सभापति हुन् भने रामसरोज प्रदेश २ काँग्रेस संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री हुन् ।

निधि र शेखर कोइराका संयुक्त उम्मेदबार रामसरोज रहेकाले दुवै उम्मेदबार बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

https://www.youtube.com/watch?v=vHK8DGXiq10&t=3s

Comment


Related News

Latest News

Trending News