अपडेट 
२०७८ पुष ८, बिहीबार १४:४६

भारतको पञ्जाबस्थित लुधियानामा बिहिबार अदालतमा भीषण बिस्फोट भएको छ ।

बिस्फोट अदालको तेस्रो तलामा भएको हो । उक्त बिस्फोटमा परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । यसमा ४ जना गम्भीर रुपमा घाइते छन् । बिस्फोट तेस्रो तलमा कोर्ट नम्बर ९ नजिकै बाथरुममा भएको हो । बिस्फोट हुँदा अदालतको पूरा भवन हल्लिएको थियो । भवनका झ्यालकाम सिसा चर्किएका छन् भने पार्किङमा राखिएका कारमा समेत क्षती पुगेको छ । घटनास्थलमा उपस्थितले सिलिन्डर पड्किएको आशंका जताएका थिए । प्रहरी र प्रशासनका अधिकारीले हाल बिस्फोटबारे कुनै बयान दिएका छैैनन् । वकिलकाम हड्तालका कारण साधारण दिनको तुलनामा बिहिबार यहाँ कम भीड थियो ।

Comment


Related News

Latest News

Trending News