![](https://ejanakpurtoday.com/wp-content/uploads/2021/12/rebti-raman.jpg)
मिथिलाको गाउँ घरमा गोनू झा अत्यन्त प्रसिद्ध लोक कथा नायकको रुपमा हुनुहुन्छ । गाउँ घरमा मैथिली लोक कथामा गोनू झाका अनेक कथाहरु प्रसिद्ध छन र वहाँको कथाहरुमा गजवको हास्य उत्पन्न गर्ने कला भएकोले गोनू झालाई हास्यावतार र हास्यानायक पनि भन्ने गरिन्छ । मैथिलीका यस कथा नायक बारेमा खोज हुन बांकी नै छ । गोनू झाको निवास र काल सम्बन्धमा किटान गर्न सकिदैन तर केही विद्वाराहरुले गोनू झालाई भारतको बिहार राज्यको दरभंगा जिला अन्तर्गत भरवारा अथवा भरौरा गाउँसँग सम्बद्ध गर्दछन । उहाँलाई विद्वानहरुले मिथिलाका राजा शिवसिंहको दरवारको रत्न भनी मानेका छन ।
गोनू झा पंडित हुनुहुन्थ्यो र वाक चातुर्य एवं प्रत्युत्पन मतिको लागि नीकै प्रसिद्ध हुनुहुन्थ्यो । गोनू झा मिथिलाका घर घरमा कथा नायकको रुपमा प्रसिद्ध हुनुहुन्छ र उहाँको कथा सुनेर मान्छे पेट मीची मीची हास्छन । गोनू झाको कथा लिखित रुप भने थिएन र पछि पहिलो लिखित रुप “गोनू विनोदैको नामले प्रकाशित भयो । यस पुस्तकमा गोनू झाका अनेक कथाहरु प्रकाशित छन । पछि त अनेक पुस्तकहरुमा गोनू झाका कथाहरु प्रकाशित भएका छन । गोनू झाका कथाहरुको अर्को विशेषता के छ भने अनेक यस्ता हास्यकथाहरु जो गोनू झाको कथा भएको किटान गर्न सकिदैन ती कथाहरु पनि मिथिलामा गोनू झाको नाममा जोडिएका छन र गोनू झाका कथा भनेर भनिन्छ । पं. गोनू झा शाक्त हुनुहुन्थ्यो र भगवती दुर्गाको अनन्य उपासक हुनुहुन्थ्यो । भनिन्छ पं. गोनू झाले आफनो तीक्षण वृद्धि र हास्य प्रतिभाको वरदान देवी दुर्गाबाट नै पाउनु भएको थियो । यो वरदान पनि देवी दुर्गासँग हास्य गर्दा गर्दै नै पाउनु भएको भनी भनिन्छ । किम्बदन्ती अनुसार गोनू झाको भक्तिबाट प्रसन्न भै देवी दुर्गा दर्शन दिनुभयो र सामुने आएर वरदान माग्न भनेपछि गोनू झाले भन्नुभयो– “आमा, हजुर आफना आठै वटा हातमा केही न केही धारण गर्नु भएको छ तर यदि हजुरलाई रुघा लाग्यो भने कुन हातले नाक पुछनु हुन्छ ?” यो परिहास सुनेर देवी दुर्गा खित्का छाडेर हाँस्नु भयो र भनुभयो “तिमीले मलाई पनि छोडेनौ, र मसँग पनि परिहास गरी हाल्यौ । म धेरै प्रसन्न भएँ । तिम्रो वाक पटुता र परिहास प्रतिभाले तिमी जीवन भरी मान्छेलाई हँसाउदै रहन्छौ र जुन बेला यो प्रतिभा तिमीबाट लोप हुन्छ तिम्रो जीवनको अन्त हुन्छ ।” यति भनेर देवी दुर्गा अतध्र्यान भईन । गोनू झा सम्बन्धी सबै कथाहरुका नायक गोनू झा नै हुनुहुन्छ ।
तर प्रत्येक कथामा गोनू झामा भएको वाक चातुर्य एवं प्रत्युतपन्न मतिको परिचय पाइन्छ । गोनू झा अब त यस्तो हालत छ कि गोनू झा कुनै व्यक्ति विशेषको नाम रहने एउटा परम्पराको नाम बनिसकेको छ । मिथिलांचलमा कसैमा बढी विनोद प्रियता देखियो भने उसलाई गोनू झा भन्न थालिन्छ । गोनू झा कुनै कल्पित नाम न भै एउटा वास्तविक नाम हो । दरभंगा जिलाका केही सडक एवं चौबाटोलाई उहाँको नाममा नामकरण पनि गरिएका छन । गोनू झाको समयमा गाउँ घरमा पूmसको छाना भएका घरहरु मात्र रहन्थ्यो । यसको साथै मिथिलाको राजदरवारमा अर्जित उनको सम्पत्ति सम्बन्धी कथा कि चोरहरु उनलाई अत्यन्त दुख दिने गर्दथे । तर प्रत्येक चोटी चोरलाई आफनो युक्तिद्वारा छक्क पारे । एक पटक मिथिलाका महाराजाले मजाक गर्दै सोध्नु भयो– “मेरो सिरमा यति धेरैं कपालहरु छन तर तपाईको सिर बंजर घरती जस्तो सादा किन छ ?” गोनू झाले जवाफ दिनुभयो–“ महाराज, मेरो टाउको भीतरमा भगवानले गोवर राख्नमा केही कंजस्याई गरी दिनुभयो । महाराज केही बोल्न सक्नु भएन । आफनो साहस, वृद्धि कौशल, पूर्वानुमानको क्षमता र समयानुकूल व्यवहार गिर्ने क्षमताको कारण उहाँ जीवन कालमा नै किंवदन्ती बनी सक्नु भएको थियो । राजदरवारसँग सम्बन्ध रहेपनि उहाँलाई कुनै अभिमान थिएन । गोनू झाको प्रचलित कथाहरुबाट यो थाहा हुन्छ कि उहाँको समयको समाजमा अन्धविश्वास, जादू, टोना–टाँटका को निकै प्रचार थियो यी कथाहरुमा गोनू झाको चरित्र यस्तो निष्कपट र साहसी देखिन्छ कि प्रशंसा गर्ने पर्छ । पाँच शताव्दी भन्दा बढी भै सकेपछि गोनू झाका यी कथाहरु नयाँ जस्तो नै प्रतीत हुन्छ । यसै कारणले उनका कथाहरु पाठकको मनलाई आकर्षित गर्दछन ।
यी कथाहरु रोचक, मनोरंजक र ज्ञानवद्र्धक पनि छन । नाई प्रकरणका कथाहरुमा तत्कालिन समाजमा प्रचलित चालाकी (धूर्तता) को संकेत पाइन्छ । गोनू झाको कथाहरु अध्ययन गर्दा गोनू झाको कालमा मानिसमा एक अर्कालाई ठगने प्रवति पनि थियो । एउटा कथा अनुसार गोनू झाले मिथिला दरवारबाट कैयो पटक इनाम जित्नु भएको थियो । यो इनाम उहाँले मिथिला दरवारमा हुने शास्त्रार्थमा जितेर पाउने गर्नु हुन्थ्यो । इनाम र पुरस्कारबाट गोनू झाले पर्याप्त सम्पत्ति– सुन, चाँदी प्राप्त गरी सक्नु भएको चर्चा सबैतिर हुने गर्दथ्यो । यो कुरा सुनेर एक पटक राती उहाँको घरमा चोरहरु चोरी गर्न आए । घरको पछाडीपट्टीको वारीमा चोरहरु बसे । गोनू झा र उहाँ की श्रीमती कती बेला सुत्ने छन र हामी चोरी गर्ने छौ भन्ने ताकमा थिए । गोनू झा की स्वास्नीले वारीमा चोरहरु बसे छन भनी चाल पाइहाली छिन र गोनू झालाई जानकारी दिइन ि। उहाँले कुरो बुझेर आपसमा सल्लाह गर्नु भयो । अनि स्वास्नीले सोधिन “ गरगहनाहरुको पोको थियो हजुरले कहाँ राख्नु भएको छ ? चोरी चकारीको बेला छ राम्ररी राख्नु भा छ कि छैन ?” यो कुरा सुनेर गोनू झाले तुरन्त जवाफ दिनुभयो– “ हैन, त्योत मलाई पनि थाहा छ त्यसैले त त्यो सम्पूर्ण गरगहनाहरुको पोको वारीमा माटो खनेर गाडी सकेको छु । माटो खनेर अब चोरहरु कसरी झिकन सक्छन ?” बारीमा बसेको चोरहरु यी कुराहरु सुनी रहेका थिए अनि सबै चोरहरु मिलेर रातभरीमा सम्पूर्ण वारी खनी हाले तर गरगहनाहरुको पोको कतै पनि पाइएन र वारी खन्दा खन्दै विहान भै सकेकोले चोरहरु कुल्लम ठोके । गोनू झा त एकपटक आफनो बुवालाई नै छकाई दिनुभयो । जब एक पटक बुवासँ कुनै कुरामा कुरा मिलेन अनि गोनू झा घरबाट निस्की हाल्नुभयो ।
कुनै नौटंकी कम्पनीबाट सेतो कपाल, सेतो जुंगा र सेतो दाढी भाडामा लिनुभयो र त्यो लगाएर आफनो घर आउनुभयो । घरमा उहाँको बुवाले यस्तो महात्मालाई देखेर घरमा बोलाई आदर सत्कार साथ आसन दिनुभयो । नव आगन्तुक त्यो बाबाले आपूm मौनी बाबा भएको र केही पनि न बोल्ने मात्र लेखेर भन्ने कुरा लेखेर दिनुभयो । यो मौनीबाबाले गोनू झाको बुवालाई अगाडी पछाडीको सबै सत्यकथा लेखेर दिएपछि गोनू झाका बुवाले आश्चर्चित भए । वुवाले धेरै रुपैया पैसा दिएर औठी पनि दिए र विदा गरे गोनू झालाई । यस मौनी बाबाको चारैतिर चर्चा चल्यो र नीकै कमाइ पनि भो । केही दिनपछि गोनू झा घर फर्केर बुवाबाट पाएको औठी बुवालाई दिनुभयो । अनि उहाँको बुवाले आश्चर्यित भए र भने “यो औठी तिमी कहाँ पायौ ?” अनि गोनू झाले बीतेका सबै वृतान्त सुनाए । गोनू झाका बुवाले धेरै प्रसन्न भै भन्नु भयो– “ सन्तानलाई पिताको आशीर्वाद सधै रहन्छ, तिमीलाई यस छकाउने र हँसाउने कार्यमा बढी सफलता मिलोस त्यो विशेष आशिर्वाद दिन चाहन्छु ।” गोनू झा सिर निहुराएर पिताको आशिर्वाद ग्रहण गर्नु भयो । गोनू झाको कथाहरुमा गोनू झाक खढेआ, गोनू झाक झोरी, गोृनू झाक चमर छोंच, गोनू झाक वाडी, गोनु झाक विलाडि, गोनु झाक ढाकी आदि अनेक कथाहरु मिथिलामा प्रसिद्ध छन ।