अपडेट 
२०७८ पुष ९, शुक्रबार ०८:०९

जनकपुरधाम । जनकपुरधाम उप– महानगरपालिका–७मा रहेको रामजानकी आधारभूत विद्यालयको जग्गामा वडाध्यक्ष जानकीराम साहले मनोमानी गर्दै भवनहरु निर्माण गराउन खोजेपछि स्थानीयवासीहरुले विरोध गरेका छन् ।

समुदायले जउनपा पर्ने साविकको कित्ता नं. ४३को २ बिघा १२ कठ्ठा १५ धुर जग्गा विद्यालयको नाममा सिफारिश गर्नु पर्ने भन्दै वडा कार्यालयमा निवेदन दर्ता भएकोमा कार्यालयले योग शिविर स्थल, स्वास्थ्य चौकी, शौचालय निर्माण लगायतको बहानामा विद्यालयको नाउंमा नामसारीको लागि सिफारिस गर्न वडाध्यक्ष साहले आलटाल गरिरहेका छन् । विद्यालयको नाउंमा रहेको जग्गामा विद्यालयसंगै सम्बन्धित छात्रावास निर्माण,पुस्तकालय लगायतको भवन बन्नु पर्नेमा वडा अध्यक्षले आप्mनो राजनीतिक स्वार्थ सिद्धिका लागि केही व्यक्तिलाई खुशी पार्न विद्यालयको जग्गालाई नामसारी गर्नका लागि सिफारिस गर्न आलटाल गरिरहेको आरोप स्थानीयवासी दीपनारायण साहले लगाए । विद्यालयलाई मासिक पाँच सयको दरले वर्षको ६ हजार दिनु पर्ने शर्तमा स्थानीय टोलवासीले विद्यालयको पोखरीको पूर्वपट्टीको डिलमा योग शिविर सञ्चालनको लागि अनुमति दिएको थियो । भाडामा लिएको जग्गाा योग शिविरलाई आप्mनो स्वार्थ सिद्धिकै लागि वडाअध्यक्ष साहले दिन लागेको ,सार्वजनिक शौचालय निर्माण गराउन खोजेको वडाले मालपोत तथा भूमिसुधारलाई गरेको पत्राचारले प्रष्ट भएको छ । जानकी टोलका हजारौं विद्यार्थीहरुको भविष्यसंग जोडिएको सो विद्यालयको जग्गा अतिक्रमणको प्रयास गरिएकोले हामी विरोधमा उत्रेका छौं ,वडाले गरेको सिफारिस कदापि मान्य नहुने विद्यालयका प्रधानाध्यपक लटुसाहले बताए । उनले भने,‘योग शिविरलाई समुदायले नै भाडा जग्गा दिएको हो त्यो पनि विद्यालयकै सहयोगको लागि र शिविर संचालकले विगत चारवर्ष अघि सम्म वार्षिक ६ हजारको दरले दिने पनि गरेको थियो जो कि जानकीराम साह अध्यक्ष भएपछि विद्यालयले सो रकम पाएको छैन ।’

विद्यालयले भाडामा दिएको जग्गा नै कब्जा गर्न लगाउने वडाअध्यक्षले विद्यालयको विकास गर्नुको साटो विनाश तर्फ लागेको भन्दै स्थानीयवासीहरुले चिन्ता व्यक्त गरेका छन् । स्थानीयवासी जीवछ साहले जनकपुरधाममा सन्त कुटी ,स्वास्थ्य चौकी लगायतका निर्माण गर्न गुठी लगायतकै सरकारी जग्गाको कुनै अभाव नरहेकोले विद्यालयको जग्गा अतिक्रमण गर्ने प्रयासलाई हामीले कहिले पनि पूरा हुन नदिने जिकिर गरे । विद्यालयको जग्गा हो र यसको सदुपयोग विद्यालयकै क्रियाकलापका लागि हुनु पर्छ । वडा कार्यालयले विद्यालयको विकास तर्फ ध्यान दिनुको साटो जग्गा अतिक्रमण गराउन लागिपर्नुले वडाअध्यक्षको नियतमाथि प्रश्न उठेको उनले बताए । वडा कार्यालयले विद्यालयको जग्गालाई तानाशाही हिसाबले वितरण गर्दै मालपोतमा गरिएको पत्राचारले विद्यालयको जग्गा अतिक्रमणको नियतलाई छताछुल्ल पारेको स्थानीयवासी धीरज साह(मुन्ना)ले बताए । उनले भने,‘ अहिले विद्यालयको विकास गरेर शिक्षा क्षेत्रमा बलियो हुनु पर्ने समयमा वार्ड कार्यालयको क्रियाकलापले विद्यालयको विकास नै रोकिने अवस्थाको सृजना भएकोछ, हामी यसको घोर विरोध गर्दछौं ।’ विहीबार वडाअध्यक्ष साहले स्वास्थ्य चौकी निर्माणको लागि काम गराउन गएको बेला स्थानीयवासीहरुले विरोध गरेका थिए । विरोध पछि विद्यालयमै स्थानीयवासी ,वडा कार्यालय प्रतिनिधि सदस्यहरुलाई बोलाएर सर्वपक्षीय बैठकको आयोजना गरिएको थियो । बैठकमा अधिकांशले विद्यालयको दुई विघा १२ कठ्ठा १५ धुर जग्गा विद्यालयको नाउंमै नामसारी हुनु पर्ने माग अघि सारे ।

विद्यालय परिसरमा वडा कार्यालयको मनोमानी कुनै हालतमा चल्न नदिन भन्दै बैठकमा उपस्थित सबैले एक्कै स्वरमा विद्यालयको जग्गा विद्यालयकै नाउंमा नामसारी गर्नु पर्ने माग गरे ।

Please subscribe our youtube channel and support us

https://www.youtube.com/watch?v=vHK8DGXiq10

Comment


Related News

Latest News

Trending News