२०७८ पुष ९, शुक्रबार ०८:१८

वीरगञ्ज । पर्सा जिल्लाका अत्यन्त चर्चित जालिम मियांलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उनको गाउंमै गएर पार्टीमा भित्र्याएका छन् ।

एमालेले जालिमसंगै ६ हजार १ सय नेता, कार्यकर्ताहरुले विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गरेको दाबी गरेको छ । अध्यक्ष ओलीले विहीबार पार्टीमा भित्र्याएका जालिम मियाँ नेपालको भन्दा भारतमा बढी चर्चित छन् । पर्सा जिल्लाको जगरनाथपुर गाउंपालिकाका अध्यक्ष समेत रहेका जालिम मियाले जमाती मुसलमानहरुलाई आश्रय दिएर सीमावर्ती क्षेत्रमा प्रारम्भिक चरणमा कोभिड–१९ फैलाउन सघाएको आरोप खेपेका थिए । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतको समेत पैतृक घर रहेको जगरनाथपुर गाउंपालिकाबाट जालिमसंगै एमालेमा प्रवेश गर्नेको दाबी सत्य भए प्रदेशमा जनता समाजवादी पार्टी(जसपा)लाई ठूलो धक्का लाग्न सक्छ । यद्यपि जालिम नेकपा माओवादी केन्द्रबाट गाउंपालिका अध्यक्ष बनेका हुन् । सीमावर्ती क्षेत्रमा विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको जालिममाथि आरोप छ । स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले उनलाई टिकट नदिएपछि एमालेको सहयोगमा माओवादी केन्द्रबाट चुनाव लडेका थिए । कोभिड– १९को संक्रमण तीव्र गतिमा फैलिरहेको बेला अत्याधिक चर्चा पाएका जालिम भारतमा ‘कुख्यात अपराधी’को रुपमा चर्चित छन् ।

सीमा क्षेत्रमा जालिमले विभिन्न अपराधिक क्रियाकलाप गरिरहेको , नक्कली मुद्राको धन्धा चलाएको र भारत विरोधी गतिविधिमा लागेकाहरुलाई संरक्षण र आश्रय दिने गरेको आरोप छ । जालिम मियां माओवादीबाट एमालेमा प्रवेश गर्दा अन्य दलहरुमा कुनै असर नपर्ने कतिपय नेताहरुको तर्क छ । मुख्यमन्त्रीको गाउंपालिका भएकाले जससाले उनलाई विश्वासमा लिन सक्नु पथ्र्यो भने कतिपयको कथन छ ।

Comment


Related News

Latest News

Trending News