२०७८ पुष १०, शनिबार ०७:२६

जनकपुरधाम ।नेपाली कांग्रेस प्रदेश २ को सम्पन्न निर्वाचनमा सभापति समेत पदाधिकारीहरु संस्थापन पक्ष (शेरबहादुर देउवा) को प्यानल विजयी भएको छ ।

सभापतिमा संस्थापन पक्षका कृष्ण यादवले एकमात्र प्रतिद्वन्दी रामसरोज यादवलाई १ सय ४५ मतले पराजित गरी विजय हात पारेका छन् ।सभापतिमा निर्वाचित यादवले ९ सय ९६ मत ल्याएका थिए ।उनका प्रतिद्वन्दी रामसरोज यादवले ८ सय ५५ मत पाएका थिए ।३० मत बदर भएको थियो ।सभापतिको परिणाम शुक्रवार बिहान सार्वजनिक भएको थियो । पदाधिकारीको मतपरिणाम राती ८ बजे सार्वजनिक गरिएको छ ।पदाधिकारीहरु मध्ये उपसभापतिमा बीरेन्द्र कुमार सिंहले १ हजार १९ र चन्द्रशेखर यादवले ८ सय ९५ मत ल्याई निर्वाचित भएका छन् ।सिंह प्रदेश सरकारमा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री हुन् ।बारा जिल्लाका चन्द्रशेखर यादव र सिंह दुबै जना संस्थापन पक्षका हुन् । प्रदेश २ को भौतिक पूर्वाधार, विकास तथा यातायात मन्त्री रामसरोज यादव समूहका विनोद खनालले ७ सय ४० र धनलाल ठोकरले ६ सय ३६ मत प्राप्त गरेका थिए ।कुनै समूहमा समावेश नभएका रामआधार प्रसाद यादवले १ सय २४ मत पाएका थिए ।उपसभापतिमा निर्वाचित सिंहले पदाधिकारीमा सर्वाधिक मत ल्याएका छन् ।

निर्वाचन समितिका रोहित श्रेष्ठले जनाए अनुसार महामन्त्रीमा संस्थापन पक्षका उपेन्द्र यादवले ९ सय ५९ र बृहस्पति कुमार श्रेष्ठले ७ सय ८८ मत ल्याई विजयी भएका छन् ।मन्त्री यादव समूहका नरेश कुमार यादवले ७ सय ७५ र हरेश महतोले ७ सय ३ मत प्राप्त गरे ।विनोद चौधरीले १ सय ९५ मत पाए । त्यसैगरी सहमहामन्त्रीमा संस्थापन पक्षका जयनारायण यादवले ८ सय ७९ र परशुराम चौधरीले ८ सय २२ मत ल्याई निर्वाचित भएको श्रेष्ठले जनाए ।मन्त्री यादव समूहका विनोद कुमार यादवले ६ सय ९१ र नारायण चौधरीले ६ सय १ मत ल्याएका थिए ।समूहमा नपरेका रामनारायण महासेठले ९७ मत ल्याएका छन् । महिला तर्फको सहमहामन्त्रीमा भने कुनै समूहमा नपरेकी विन्दु यादवले ८ सय ८९ मत ल्याई विजयी भएकी छन् ।संस्थापन पक्षकी रीता यादवले १ सय ५६ र निर्मला सुवेदीले ५ सय ३२ मत ल्याएकी हुन् ।

निर्वाचन समितिका रोहित श्रेष्ठका अनुसार सदस्यहरुको मतगणना पनि मध्य रातीबाट प्रारम्भ हुनेछ ।सबै सदस्यहरुको एउटै मतपत्र रहेकाले शनिवार बिहान सम्म मतगणना भइसक्ने उनले जनाएका छन् ।

https://www.youtube.com/watch?v=vHK8DGXiq10

Comment


Related News

Latest News

Trending News