अपडेट 
२०७८ पुष १०, शनिबार १७:३७

नेपालमा शनिबार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार २ सय ८३ पिसिआर परिक्षणका क्रममा १ सय ५७ जना र २ हजार १ सय ६४ एन्टीजेन परिक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ५ सय ८३ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ सय २६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १० हजार ४ सय ९७ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ७८ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News