२०७८ पुष १०, शनिबार १८:४९

वीरगन्ज स्थित भारतीय महावाणिज्य दुतावासले साइकल रैलीको आयोजना गरको छ ।

भारतीय स्वतन्त्रको ७०बर्षको आयोजनामा मनाइदै आइएको ‘आजादीको अमृत महोत्सव’ को अवसरमा भारतीय महावाणिज्य दुतावासले शनिबार बिहान साइकल रैलीको आयोजना गरेको थियो ।भारतीयमहावाणिज्य दुतावास कार्यलय अगाडिबाट सुरुभएको साइलक रैलीमा पर्सा क्षेत्र नम्बर २का प्रदेश सभासदस्य रमेश पटेल ,वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता ,पर्साका प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकाल,प्रहरी उपरिक्ष रमेश बस्नेत,यातायात कार्यालयका प्रमुख सुशिल साह लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।साइकल ¥यालीको सूरूवात कन्सुल जनरल नितेश कुमारले बिहान ७ बजे झण्डा हल्लाएर रैलीको उदघाटन गर्नुभएको थियो । ¥यालीमा वाणिज्य दूतावासका कर्मचारी, स्थानीय जनप्रतिनिधि, नेपाल एसबिआई बैंक, स्थानीय उद्योग तथा व्यवसायी, वीरगन्ज र बाराको साइक्लिङ क्लब तथा नागरिक समाज गरी करिब ६० जनाको सहभागिता रहेको थियो ।

वाणिज्य दूतावासबाट सुरु भएको ¥याली पावरहाउस चौक, एकीकृत चेकपोष्टको मुख्य गेट, घण्टाघर हुदै आदर्शनगर लगायत १६ किलोमिटरको बाटो हुँदै वाणिज्य दूतावासमा पुगी समापन भएको थियो ।

शारिरीक तन्दुरुस्ती, सहनशीलता निर्माण र सहभागीहरुबीच सुस्वास्थ्य प्रवर्द्धनमा जोड दिनुका साथै भारत र नेपालका जनताबीच आत्मीयता अभिवृद्धि गर्ने र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले ¥यालीको आयोजना गरिएको जनाइएको थियो ।

Comment


Related News

Latest News

Trending News