अपडेट 
२०७८ पुष ११, आईतवार ०७:१७

सन् १९७० सितम्वर २७ संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संघटन (युएन डब्लु टी.ओ.) द्वारा विधान पारित भएको सम्झनामा सन् १९८० देखि सोही दिन अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउन प्रारम्भ भएको हो । नेपालमा पनि प्रत्येक वर्ष यस दिन पर्यटन दिवसको रुपमा मनाउन गरिएको छ । नेपालमा भारत, चीन, अमेरिका, फ्रान्स, दक्षिण कोरिया, बेलायत, जर्मनी, स्पेन, क्यानडा, निदरलैण्ड, बंगलादेश, मलेशिया आदि देशहरुबाट पर्यटकहरु आई रहेको देखिन्छ । यी देशहरुका नागरिकहरुलाई अझ बढी नेपाल तिर कसरी आकर्षिक गरी पर्यटकीय गन्तव्यको रुपमा विकििसत गर्ने बारे सोच्ने बेला आई सकेको छ । एउटा उखान छ “दशहजार पुस्तकहरु पढनु भन्दा दशहजार मीलको यात्रा बढी उपयोगी हुन्छ । यात्रामा हामी बाटोको सुख र दुख सबै अनुभव गर्दै जान्छौं र समृद्ध हु“दै जान्छौं । घुमी रहेको क्षेत्रको वास्तविकतास“ग साक्षात्कार गर्दै जान्छांै । विश्व कवि रवीन्द्र नाथ टैगोरको विचारमा अरु देशहरुमा यात्रा नगरी सत्यको बीच सहज संचार गर्ने शक्तिको परिचय पनि प्राप्त हु“दैन । सम्पूर्ण संसारमा देशाटनको लामो र रोचक परम्परा रहेको पाइन्छ । जस जसले आफनो यात्राहरुको वर्णन सुनाए ती वर्णनहरु हाम्रो लागि नया“ सूचना र ज्ञान बढाउन सहयोग गरे ।

विश्वका विभिन्न देशहरुले पर्यटन व्यवसायबाट अकुत सम्पत्ति आर्जन गर्न सफल भै रहेको अवस्थामा हाम्रो देश नेपालमा पनि यस तर्पm प्रयास भै रहेको पाइन्छ । विश्व भ्रमणका शौकिनहरु विभिन्न देशको यात्राहरुमा गई रहेका छन । आ–आफना घर आङनका घेराहरुबाट बाहिर घुम्नेहरुको संख्या दिनानुदिन बढदै गै रहेको पाईन्छ । यस्तो घुमन्तेहरुको संख्या हजारबाट लाख र लाखबाट करोडमा पुगी रहेको देखिन्छ । पर्यटन क्षेत्र विश्वमा २१ करोड २० लाख भन्दा बढी व्यक्तिहरुलाई रोजगार प्रदान गरेको छ भने वार्षिक रुपमा ३०४ अरब डलर भन्दा बढी आर्जन गर्न सफल भै रहेको पाइन्छ । नेपालमा विशेष गरी चीन र भारतबाट आउने पर्यटकहरुको संख्या अन्य देशहरुबाट आउने पर्यटकहरुको संख्या भन्दा बढी हुन्छ र यो संख्या ३१ प्रतिशत रहेको उल्लेख गरिएको छ । नेपालको २ नं. प्रदेशका मैथिली लोकगीत, चाडपर्व, रीतिरिवाज संस्कार भाषाको क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्छन । यस क्षेत्रको अदभूत संस्कृति प्रचार प्रसारबाट देश विदेशका पर्यटकहरुको लागि आकर्षणको केन्द्र बन्न सक्छ । प्रदेश नं. २ को ग्रामीण पर्यटन अत्यन्त आकर्षक एवं राचक हुन सक्छ र यसको लागि आवश्यक पूर्वाधार, सुविधाको व्यवस्थाको आवश्यकता महसुस गरिएको छ । भनिएको छ भीलेज ट्ुरिज्म भावनाको खुराक हुन्छ । यो त्यस दुनियाँको भ्रमण हो जहाँको बारेमा त थाहा हुन्छ तर त्यहाँ पुग्थ्न कठिन भै रहेको अवस्था हुन्छ । मिथिला क्षेत्रका भोजन सामग्रीहरु लगाउने पोशाक, खेल, रहन सहनको तरिका आदि पर्यटकहरुको लागि अति आनन्दको श्रोत बन्न सक्छ । मिथिलांचलमा भोज्य पदार्थहरुमा बड≥, बड≥ी तरुआ, सकड≥ौड≥ी, आचार, मुरही, कचरी, झिल्लि, अदौरी, तिलोरी, खिचडी, खीर, तरुवाहरुको आन्तरिक एवं बाह्य पर्यटकहरुको लागि अत्यन्त स्वादिलो परिकार हुन सक्छ ।

मनोरंजनको लागि मैथिल एवं भोजपुरी क्षेत्रहरुको लोक नाच, लोकगीत, लोक गाथाको गायन, भिंmझिया, जट जटिन, सामा चकेवा, डोमकच, सलहेस, नाच, जाया विषहरि नाच आदिको आयोजन गरी पर्यटकहरुको वासलाई लम्याउन सकिन्छ । मिथिलाग्राम अथवा “भीला मिथिला” एउटा यस्तो परिकल्पना हो जहाँ मिथिलाको चित्रकला, शिल्पकला, सिलाई, बनाई, अतिथि सत्कार भूमि आलेखन, भित्तिचित्र आदिको साथै यहाँको खानपान, वस्त्राभूषण, बोली व्यवहारको परम्परा अर्थात मिथिलाको जीवन शैली विश्वको लागि एउटा आकर्षण बन्न सक्छ । मिथिलाको संिस्कृतिको प्रदर्शनको लागि एउटा अथवा केही समूहहरु हुनेछन जो छठ, मधुश्रावणी, लोकनाच, लोकगाथा, लोक नाट्य आदि निशिचत समयमा प्रदर्शन गर्नेछन । यसबाट पर्यटकहरुको वासमा वृद्धि पनि गर्न सकिन्छ । यसबाट रोजगारीको प्रवद्र्धनको साथै लोप भै रहेको लोक परम्परालाई बचाउन सकिन्छ । पर्यटकहरु यस ठाउँमा आएर यस्तो आनन्द लिन सक्छन कि उनीहरु आपैm फल टिपेर खान थाल्छन, आपैm दाउरा टिपेर खाना पकाउन प्रारम्भ गर्न सक्छन । टेवुल, कुर्सीमा होइन भूइमा पिरकामा पलेटी बसेर थालमा भोजन गर्न रुचाउने छन । गाउँ घरमा खेतवारीमा काम गर्दै पुरुष–महिला र तरकारी वारीमा काम गर्नेहरुलाई हेरेर अत्यन्त खुसी हुनेछन भने पशुपालनको व्यवस्था हेरेर आनन्द लिने छन । विहेवारी तथा अन्य संस्कारहरुको परम्परा पर्यटकहरुको लागि आकर्षण बन्न सक्छ । यस्ता परम्परा जो गाउँमा मात्र देख्न सकिन्छ, पर्यटकहरुको लागि अनौठो र आकर्षण बन्न सक्छन । इतिहासको अध्ययनबाट यो पता लाग्छ कि जब मेगास्थनीज भारत आएको थियो भारत आउनु भन्दा पूर्व उसले हाथी र सुगा देखेको थिएन र त्यसबाट उ अत्यन्त प्रभावित पनि भयो । मैगास्थनीजले आफनो पुस्तक इण्डिकामा भारतीय रीतिरिवाजको वर्णन गरेको छ । सन् १२३४ ई. मा तिब्बती विद्वारन धर्मस्वामी मिथिलामा आउँदा त्यस बखतका राजा रामसिंहद्वारा आफनो दरबारमा उहाँलाई नीके सम्मान गर्नु भएको कुरा थाहा हुन्छ ।

धर्मस्वामीले आफनो यात्रा वर्णनमा मिथिलाको अवस्था र सिमरौनगढ≥को राज प्रासाद तथा त्यस बखतका सामाजिक अवस्था आदिको चित्रण गरेको पाईन्छ । यस्तो कुनै पर्यटकले वर्तमानमा मिथिलाको बारेमा पनि लेखन सक्छ र यसबाट यस प्रदेशको प्रचार विश्वमा हुन सक्छ । तर यसको लागि आवश्यक सुविधाको व्यवस्थाको आवश्यकता छ । यस क्षेत्रका गाउँ घरमा पर्यटनहरुको लागि आवश्यक “होम स्टे” र त्यस ठाउँमा देशी विदेशी पर्यटकहरुको लागि आवश्यक सुविधा सम्पन्न व्यवस्थाको साथै यातायातको सुविधाजनक व्यवस्था गर्नु प्रदेश सरकार तथा केन्द्रीय सरकारको दायित्व बनेको छ । विदेश स्थित दूतावासहरुद्वारा आफना देशहरुको पर्यटकीय आकर्षण बारे प्रचार गर्ने परम्परा विभिन्न देशहरुमा रहेको पाइन्छ । नेपालका राजदूतहरुद्वारा यस्तो प्रकारको प्रचार प्रसार गरियो भने विकासमा टेवा पूग्ने छ ।

Comment


Related News

Latest News

Trending News