२०७८ पुष १२, सोमबार ०७:१४

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मनोमानी गरेको विरोधमा नेता कार्यकर्ताहरु पार्टी कार्यालय पुगेका छन् ।

प्रदेश २ तथा विभिन्न ११ वटा जिल्लाको अध्यक्षमा अध्यक्ष ठाकुरले आपूm खुशी मनोनीत गरेको भन्दै नेता कार्यकर्ताहरु धर्ना दिन आइतवार पार्टी कार्यालय पुगेका छन् । जनकपुरधामवाट शनिवार करिव एक बस तथा आइतवार विभिन्न माध्यमवाट एक सय भन्दा बढी नेता कार्यकर्ता काठमाण्डु पुगेका छन् । लोसपामा पनि अन्य दल जस्तै एक व्यक्ति एक पद हुनु पर्ने माग गर्दै उनीहरुले जनकपुरधाममा पनि विरोधका कार्यक्रम गर्दै आएका थिए । तर, आपूmहरुको माग अध्यक्ष ठाकुरले सम्वोधन नगरेको भन्दै उनीहरु काठमाण्डु पुगेका छन् । अध्यक्ष ठाकुरले वरिष्ठ नेता राजेन्द्र महतो, शरत सिंह भण्डारी लगायतका नेताहरुसंग कुनै सल्लाह सुझाव नलिई मनोनीत गरेका अध्यक्षहरुलाई खारिज गरी एक व्यक्ति एक पद हुनु पर्ने माग गरेका छन् । उनीहरुले पार्टीको विधानमा केन्द्रीय पदाधिकारीहरुको काम, कारवाही, कर्तव्य र अधिकार तथा तदर्थ समिति गठनको परिच्छेदलाई लत्याउदै गरेको निर्णय आपूmहरुलाई मान्य नहुने चेतावनी समेत दिएका छन् । विधानमा काम, कर्तव्य र अधिकारमा निर्वाचन समिति नभएका ठाउँमा एक तह माथिको समितिद्वारा मनोनयन वा सम्वन्धित तहको भेलाद्वारा पार्टीको तदर्थ समितिहरु निर्माण गरिने व्यवस्था रहेकोछ । यस्तो समितिको मुख्य काम आफ् ना तहको अधिवेशन सम्पन्न गराउनु हुनेछ । अधिवेशन सम्पन्न नहुँदा सम्म यसले निर्वाचित समितिका अधिकारहरु प्रयोग गरी काम गर्नेछ । तदर्थ समितिको अवधि सामान्यतः ६ महिनाको हुनेछ । आवश्यकता परेमा यो अवधि बढाउन सकिनेछ तर कुनै पनि अवस्थामा यो अवधि एक बर्ष भन्दा बढीको नहुने उल्लेख छ ।

साथै निर्वाचन समितिको आफ् ना अवधि समाप्त भएका अवस्थामा सो समिति स्वतः तदर्थ समितिमा रुपमान्तरित हुने विधानमा उल्लेख गरिएको छ । सो तदर्थ समितिमा रुपान्तरित भएको ६ महिना भित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने समेत उल्लेख छ । तर, अध्यक्ष ठाकुरले गरेको मनोमानी विधानको ख्यालनै नगरी आएको युवा नेता उमेश मण्डलले आरोप लगाएका छन् । उनले अध्यक्ष ठाकुरले गरेको एकलौटीले पार्टी स्थापित हुन नसक्ने दावी गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)वाट अलग भएर बनेको लोसपा अध्यक्ष ठाकुरकै कारण विभाजित भएको महिला नेतृ विभा ठाकुर आरोप लगाउँछिन् । उनले भनिन्–‘अहिले पनि नेता कार्यकर्ताको मनोभाव नवुझि एकलौटी निर्णय गर्दा पार्टीलाई बलियो बनाउने अभियाननै समाप्त हुनेछ ।’ लोकतान्त्रिक पार्टी भित्र अलोकतान्त्रिक निर्णय नहोस भनि सचेत गराउन काठमाण्डु आएको हौ उनले भनिन् । यसै बीच अध्यक्ष ठाकुर भैरहवावाट आइतवारनै काठमाण्डु आएपनि आन्दोलनकारीहरुसंग भेटघाट हुन सकेको छैन् । अध्यक्ष ठकुर भैरहवामा आयोजना गरिएको आम सभामा सहभागी हुन शनिवार भैरहवा गएका थिए । सोमवार अध्यक्ष ठाकुर संग आन्दोलनकारीहरुको छलफल हुने र छलफलमा गरिएको अलोकतान्त्रिक निर्णयहरु फिर्ता नलिए उनीहरुले धर्नामा बस्ने समेत कार्यक्रम तय गरेका छन् ।

Comment


Related News

Latest News

Trending News