२०७८ पुष १२, सोमबार ०७:२९

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले प्रथम ज्येष्ठ नागरिक दिवस मनाएको छ ।

नगरपालिकाले पहिलो ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा नगरपालिकाका १० वटै वडाका ४० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । नेपालमा ज्येष्ठ नागरिकहरूकालागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरिएको दिनको अवसर पारेर हरेक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने सरकारको निर्णय अनुसार नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । ‘सभ्य नागरिकको पहिचान : ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ आईतबार सम्पन्न उक्त कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले ज्येष्ठ नागरिकलाई फुलमाला, अबीर लगाइ दोसल्ला ओढाएर सम्मान गरेका थिए । ज्येष्ठ नागरिकलाई सम्मान तथा स्वास्थ्य उपचारको लागि नगरपालिकाबाट बजेट नै छुट्याईएको हुंदा चाडै टोल टोलमा गएर नगरभरिका ज्येष्ठ नागरिकलाई सम्मान तथा स्वास्थ्य उपचार गर्ने कार्यक्रम रहेको मेयर पजियारले जानकारी दिए ।

मेयर पजियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिक हकहित संरक्षण मञ्चका अध्यक्ष मित्रलाल गिरी, क्षीरेश्वर धर्म संस्थाका अध्यक्ष ईश्वरी प्रसाद अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार घिमिरे लगायतले आ आप्mनो धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News