२०७८ पुष १३, मंगलवार ०७:२९

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय घेराउ गरेका बेला धनुषा जिल्ला कार्यसमिति विस्तार गरिएको छ ।

शनिवार काठमाण्डु पुगेका सयौं नेता कार्यकर्ता पार्टी अध्यक्ष महन्थ ठाकुर संग भेटेर समस्या राख्न तीन दिन देखि पर्खाइमा बसेकावेला धनुषा जिल्लालाई विस्तार गरिएको छ । अध्यक्ष ठाकुरले धनुषा जिल्लाको अध्यक्षमा परमेश्वर साहलाई मनोनित गरेपछि यहाँ स्थितका पार्टीका नेता कार्यकर्ताहरु आक्रोशित बनेका छन् । उनीहरुले पार्टी अध्यक्ष संग भेटेर विगतमा गरिएको मनोनितहरु खारेज गर्नुपर्ने गुनासो पोख्न पुगेपनि अध्यक्ष ठाकुरले उनीहरुसंग भेटन पनि समय मिलाउन सकेका छैनन् । अध्यक्ष ठाकुरले मंगलबार असन्तुष्ट नेता कार्यकर्ताहरु संग भेटने समय निर्धारण भए पनि ठाकुर नजिकका नेताहरु असन्तुष्ट नेता कार्यकर्तालाई मिलाउन पठाएका थिए । तर, उनीहरुले निर्णय नसच्चिए धर्नामा बस्ने चेतावनी सहित अध्यक्ष ठाकुरको निर्णयको पर्खाइमा त्यहा बसेका छन् ।

यता, धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहले सोमवार उपाध्यक्षमा प्रमोद यादव, सचिवमा जीवेन्द्र झा, सह–सचिवमा ओपेन्द्र चोरवार लाई मनोनित गरेका छन् भने सदस्यहरुमा जयनाथ नायक, शम्भूनाथ झा ‘निर्दोषी’, चन्द्रदेव चौधरी, जितेन्द्रकुमार पाण्डेय (उदय), बसन्त ठाकुर, मालती कुमारी ठाकुर, गंगा राम दास, दिव्या देवी दास, पुनम साह, सुनिता देवी मेस्तरनी, इस्लाम कवाडी, राकेश यादव, रमजान कवाडी, विन्दी लाल महतो, शिवनन्द पाण्डे, रामेश्वर यादव, मदनकुमार ठाकुर, श्याम मण्डल, राम सोगारथ राम, बैजनाथ साहलाई चयन गरेका छन् ।

Comment


Related News

Latest News

Trending News