सर्लाही । नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन) सर्लाहीको आयोजनामा भएको जिल्ला स्तरीय वादविवाद तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
सोमबार सम्पन्न प्रतियोगितामा वादविवाद छात्रतर्फ कम्युनिटी स्कुलका संगम पाण्डे प्रथम स्थान प्राप्त गरेका छन् भने इश्वरपुर मनकामनाका बसन्तलाल महतो द्वितीय र राजदेवीका कबुल माझीले तृतीय स्थान प्राप्त गरेका छन् । त्यसैगरी बेबीलोनकै संकल्प मोक्तानलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । वादविवादमा छात्रातर्फ इश्वरपुर मनकामनाकी ईभ्रानीका कुशवाहा प्रथम,बेबीलोनकी मौसमी जर्गा द्वितीय तथा कम्युनिटीकी ईभा ठकुरी तृतीय भएकी छिन् भने राजदेवी स्कुलकी माला श्रेष्ठ लाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । त्यस्तै चित्रकला प्राइमरी लेभलतर्फको प्रतियोगितामा स्काइ नोभेलका अमित साहले प्रथम स्थान प्राप्त गरेका छन् । कम्युनिटीका सुशान्त यादव द्वितीय र इश्वरपुर मनकामनाका प्रबीनाले तृतीय पुरस्कार हात पारेकी छिन् । त्यस्तै राजदेवीका सुशान्त घलानले चित्रकलामा सान्त्वना पुरस्कार प्राप्त गरेकी छिन् । विजयी छात्र,छात्राहरुलाई नेशनल प्यब्सान सर्लाहीका अध्यक्ष युवराज भुजेल र इश्वरपुर नगरपालिका शिक्षा शाखा प्रमुख हरि प्रसाद दाहालले पुरस्कार वितरण गरेका थिए ।
नेशनल प्याब्सन सर्लाहीमा आवद्ध जिल्लाका ९ वटा विद्यालयका विद्यार्थी सहभागी रहेको उक्त प्रतियोगिताको इश्वरपुर नगरपालिका स्थित इश्वरपुर मनकामना बोर्डिङ स्कुल परिसरमा आयोजना गरिएको थियो । प्रतियोगितामा जिल्लाका आए.एन पब्लिक स्कुल ,बुद्ध एकेडेमी ,कम्युनिटी स्कुल,बेबीलोन स्कुल ,राजदेवी स्कुल ,इश्वरपुर मनकामना स्कुल ,स्काई नोबेल स्कुल,ब्राइट स्किम स्कुल र लभ्ली सेफल एकेडेमीका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


