अपडेट 
२०७८ पुष १३, मंगलवार १४:५३

नेपाली महिला टाेलीले एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि जितेकाे छ । आज मङ्गलवार उज्वेकिस्तानलाई तीन–दुईकाे सेटमा हराउँदै नेपालले उपाधि जितेकाे हाे ।

बङ्गलादेशकाे मिरमुरमा रहेकाे शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएकाे खेलमा नेपालले पहिलाे सेट २५–२४ ले जित्याे । यस्तै दाेस्राे सेटमा बङ्गलादेश २५–२४ ले विजयी भयाे ।

त्यस्तै तेस्रो सेट नेपालले २५–१५ ले जित्दा चौथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्याे । याेसँगै खेल २–२ काे अवस्थमा पुग्याे ।  त्यसपछि पाँचौँ सेट नेपालले १५–१० ले जित्दै उपाधि जितेकाे हाे । यस संस्करणमा नेपाल अपराजित रहँदै उपाधि हात पार्न सफल भयाे ।  नेपाल गएकाे संस्करणकाे पनि विजेता हाे ।

Comment


Related News

Latest News

Trending News