२०७८ पुष १३, मंगलवार १७:०५

सर्लाही १३ पुस । सर्लाहीको ईश्वरपुर नगरपालिका बैलवासमा प्रहरी तथा स्थानीयहरू बिच आज बिहान देखि दोहरो भिडन्त र प्रदर्शन भईरहेको छ । अवस्था तनावग्रस्त भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आईतवार राती ८ बजेको समयमा प्रहरी भ्यानको ठक्करबाट एकजना युवकको ज्यान गएपछि हिजो देखि ईश्वरपुर नगरपालिका स्थित बयलवास बजारमा प्रदर्शन भएको थियो । आक्रोशित स्थानीयहरूले इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगजनी गर्नुका साथै बयलवास स्थित इलाका प्रहरी कार्यालय केशरगन्जमा ढुंगामुढा समेत गरेका थिए । आज बिहान देखि अवस्था थप तनावग्रस्त भएसी
प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ शेल अश्रुग्याँस र हवाई फायर समेत गरेको हो । सोमवार दिउँसो ३ घण्टा बढी पीडितसँग भएको वार्तामा कुनै सहमती नभएकाले मंगलवार आज पुनः प्रदर्शन हुने आंकलन गरेर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० मसाउद आलम खाँ को कमाण्डमा ठूलो संख्यामा सुरक्षाकर्मी बयलवासमा परिचालन गरिएको छ । यस्तै जिल्ला प्रहरी कार्यालयसँगै ईलाका प्रहरी कार्यालय बरहथवाबाट डीएसपीको कमाण्डमा र विभिन्न प्रहरी युनिटहरुबाट इन्सपेक्टरको कमाण्डमा आज बिहान देखि नै प्रहरी टोली बयलवासमा परिचालन गरिएको छ । त्यसैगरी सशस्त्र प्रहरीको पनि जम्बो टोली तैनाथ छ ।

बिदामा गएका जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण प्रसाई समेत सोमबार राती नै सर्लाही आइसकेका छन् । गत आइतवार राती ईश्वरपुर नगरपालिका–७ मा इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–५ निवासी ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । मृतक महतोको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामै राखिएको छ । मृतकका आफन्त र स्थानीय अगुवाहरु सोमबार वार्ता स्थल छाडेर हिँडेकाले आज पुनः वार्ताका लागि समन्वय भइरहेको प्रहरीले जनाए ।पीडित पक्षले रामकुमारले चलाएको मोटरसाइकल प्रहरी भ्यानमा आएर ठोक्किएको भनिएपनि घटना शंकास्पद रहेको बताएका छन् । घटनामा संलग्न प्रहरीलाई कारवाहीको मागसहित पीडित पक्ष र स्थानीय आन्दोलित बनेको छ । सर्लाहीको ईश्वरपुर न, पा, बैलवास अहिले पुर्न रूपमा तनावग्रस्त छ, स्थानीय र प्रहरी बिच दोहरो झडप भईरहेको छ । १ हजार राउन्ड भनदा बढि आसु गयास र हवाई फायर भएको छ, भने दर्जनौं प्रहरी र स्थानीयहरू घाईते भएको अवस्था रहेको छ । बिहान ११ बजे देखि दोहरो झडप भएको हो । आज ३ बजे देखि भोली ७ बजे सम्मको लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारि गरेको हो ।

Comment


Related News

Latest News

Trending News