अपडेट 
२०७८ पुष १४, बुधबार ०६:५४

जानकी मेडिकल कलेजमा विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश नं २ को स्वास्थ्य क्षेत्रका सम्पूर्ण चुनौतीहरू समाधान गर्ने उद्देश्यका साथ जानकी मेडिकल कलेज स्तरीय मेडिकल शिक्षा प्रदान गर्दै आगामी दिनहरूमा दक्ष डाक्टर हरूको आवश्यकतालाई पूरा गर्ने लक्ष्य लिएको छ । नेपालको लागि इजरायली राजदूत हनन गोर्डर गोल्डबर्गरको प्रमुख आतिथ्यमा आयोजना भएको सो कार्यक्रममा नेपाल र इजरायलको सुदृढ द्विपक्षीय सम्बन्धको एउटा उदाहरण रहेको सो कार्यक्रममा वक्ताहरुले बताएका थिए । अभिमुखीकरण कार्यक्रममा जानकी मेडिकल कलेज र इजरायलका विश्वविद्यालयका विद्यार्थीहरू बीच प्रविधि र संकाय सम्बन्धी ज्ञान आदान प्रदान भएको छ । कार्यक्रममा राजदूत गोल्डबर्गरले कृषि, स्वास्थ्य क्षेत्र र फोहोर व्यवस्थापन जस्ता आवश्यक विषयहरूमा ल्याउन सकिने नयाँ प्रयोगको बारेमा चर्चा गरेका थिए । त्यसबाहेक, डाक्टर राम प्रसाद उप्रेतीले लेखेका प्राथमिक उपचार सम्बन्धी किताब पनि राजदूत हनन गोर्डरको हातबाट विमोचन गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूको हौसला बढाउन राजदूत गोल्डबर्गर, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बाँस्तोला, जानकी मेडिकल कलेजका अध्यक्ष ओम प्रसाद पाण्डे र अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक डा राम प्रसाद उप्रेतीको समेत उपस्थिति रहको थियो ।

Comment


Related News

Latest News

Trending News