अपडेट 
२०७८ पुष १५, बिहीबार ०५:४९

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको विभेदपूर्ण नीतिका कारण उद्योग कलकारखानाको विकास हुन नसकेको आरोप लगाएका छन् ।

बुधवार जनकपुरमा नेपाल घरेलु तथा साना उद्योग प्रदेश २ को दोस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राउतले कोरोनाको मारमा परेका उद्योगी व्यवसायीहरुलाई कुनै सहुलियत तथा राहत नदिएर सरकारले विभेद गरेको गुनासो पोखे । उद्योगी व्यवसायीहरु कुनै पनि मुलुकको मेरुदण्डको रुपमा रहेको भन्दै उनले भने ,‘ देशको उद्योग कलकारखाना, साना तथा घरेलु व्यवसाय नै संकटमा रहेसम्म त्यो देशको उन्नति प्रगति हुन सक्दैन ।’ प्रदेश सरकारले जनकपुर ढल्केवर औधोगिक कोरिडोर र रौतहट औद्योगिक कोरिडोरको निर्माण गर्ने योजना बनाएपनि कर्मचारीको अभाव र सहज वातावरण नहुदाँ कार्य अगाडि बढ्न नसकेको उनले जिकिर गरे । प्रदेश २ मा उद्योग कलकारखानाको प्रचुर सम्भावना रहेपनि संघीय सरकारको आवश्यक सहयोग, पुंजिपतीहरुलाई आकर्षित गर्न नसक्दा उद्योगी व्यवसायी आउन नसकेको उनले बताए । वीरगञ्जमा संघीय सरकारले सेज निर्माण गरिसकेको बताउंदै उनले भने,‘ त्यसमा करोडौंको लगानी भईसकेको छ तर प्रतिबद्धता अनुसारको गार्मेन्ट उद्योग सञ्चालन हुन सकेको छैन ।’ प्रदेशमा उद्योगी व्यवसायीहरुको लागि वातावरण तयार गर्न प्रदेश सरकार गंभीर रहेको बताउंदै उनले निकट भविष्यमै प्रदेश सरकारले प्रदेशमा उद्योग विकासको लागि महत्वपूर्ण कदम अगाडि बढाउने जानकारी दिए ।

समृद्धिको नाराले मात्रै मुलुकमा विकास नहुने भन्दै उनले त्यो नारा व्यवहारमा लागु गरे मात्रै देश र प्रदेश समृद्ध हुने धारणा राखे । कृषि उपज र अन्य घरेलु तथा साना उद्योगहरुको उत्पादन वस्तु बजारसम्म पु¥याउनका लागि प्रदेश सरकारले आवश्यक रणनीति ल्याए अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले बंगला देशसँग समन्वय गरेर वीरगञ्जमा गार्मेन्ट उद्योग स्थापना गर्नुपर्ने र महिलाहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनकालागि प्रदेश सरकार अग्रसर हुनुपर्ने धारणा राखे । नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रदेश २ का अध्यक्ष सत्यनारायण अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ अध्यक्ष राजेश कर्ण, जनकपुरधाम नगरपालिका पूर्व मेयर बजरंग प्रसाद साह सहितकाले आ–आप् mनो धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News