अपडेट 
२०७८ पुष १५, बिहीबार ०६:१२

गौर । सिके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको एक दिने बन्दको प्रभाव रौतहटमा आंशिक रुपमा परेको छ ।

समयमा मलखाद तथा बीउ विजनको व्यवस्था गर , सिंचाईको व्यवस्था तथा किसानका लागि निःशुल्क विद्युतको व्यवस्था गर , हावा हुरी , वर्षा तथा मौसमको कारणले हुने बाली नाली क्षतिको उचित राहतको व्यवस्था हुनु पर्ने , बालीको उचित मूल्य कायम गर्नु पर्ने , उंखु किसानको बांकी रकम भुक्तानी गर्नु पर्ने, पक्राउ परेका आन्दोलनकारीलाई रिहा गर्नु पर्ने माग राखी जनमतले रौतहट जिल्ला बन्दको आह्वान गरेको थियो ।े बन्दको कारण सदरमुकाम गौरदेखि चल्ने लामो तथा छोटो दुरीको सवारी साधन नचलेको कारण यात्रुहरुलाई सास्ती खेप्नु परेको थियो । बन्दलाई सफल पार्न बुधबार बिहानदेखि जनमतका कार्यकर्ताहरुले ठाउं, ठाउंमो बाटो अवरुद्ध गरेर प्रदर्शन समेत गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै एउटा टिपरमा कार्यकर्ताहरुले तोड फोड गरेको छ । टिपरको अगाडिको सिसा फुटेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रदर्शन गर्ने क्रममा जनमत पार्टीका केन्द्रीय तथा जिल्ला स्तरीय गरी १२ जना कार्यकर्तालाइ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिएका छन् । नियन्त्रणमा लिइएको कार्यकर्ताहरुलाई बेलुका छाडिएको जिप्रका रौतहटले जनाएको छ ।

https://www.youtube.com/watch?v=vHK8DGXiq10&t=3s

Comment


Related News

Latest News

Trending News