अपडेट 
२०७८ पुष १६, शुक्रबार ०७:०३

जनकपुरधाम । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ ।

विहीबार प्रदेश निर्वाचन कार्यालयमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचन आयोगले प्रदेश २ को निर्वाचन अधिकृतमा धनुषा जिल्ला अदालतका मुख्यन्यायाधीश ब्रजेश प्याकुरेललाई नियुक्त गरिसकेको छ । उनी पदभार समेत ग्रहण गरिसकेका छन् । राष्ट्रियसभाको लागि निर्वाचन स्थल जनकपुरधाम स्थित रहेको महेन्द्रनारायण निधि संग्रहालयलाई तोकेको छ । प्रदेश २मा १ सय ४ प्रदेश सभा सदस्य २ सय ६८ जना स्थानीय तहका प्रमुख र उपप्रमख रहेका छन् । यस हिसाबले प्रदेश २ मा ३ सय ७२ जना मतदाता रहेका छन् । राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदान गर्न पाउने प्रवधान रहेको छ । निर्वाचन अधिकृत कार्यालयको उद्घाटनमा धनुषा जिल्लाका मुख्य न्यायाधीश तथा निर्वाचन अधिकृत ब्रजेश प्याकुरेल, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, प्रदेश २ निर्वाचन कार्यालयकी प्रमुख पृष्पा झाको उपस्थित रहेको थियो ।

Comment


Related News

Latest News

Trending News