२०७८ पुष १६, शुक्रबार १०:१९

करिब ६० लाख रुपैयाँबराबरको भन्सार छली ल्याइएको खुद्रा सामान तथा औषधि बोकेको एउटा ट्रकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको उक्त ट्रक कारबाहीका लागि बिहीबार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जनाइएको छ। पर्साको वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरचोकस्थित सडकखण्डमा प्रदेश नं २–०३–००१ख ०१२९ नंको मालवाहक ट्रक तथा चालक बाराका परवानीपुर गाउँपालिका–२ बस्ने ३३ वर्षीय नसरूदीन मियाँलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो।

Comment


Related News

Latest News

Trending News