२०७८ पुष १७, शनिबार ०६:२१

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले वैदेशिक रोजागारमा गएकाहरुको परिवारका सदस्यहरुले यथाशीघ्र सहकारी निर्माण गरी रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने आवश्यकता औंल्याएका छन् ।

सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनकपुरधाम उपमहानगरपालिका–२५ बभनगामामा शुक्रबार आयोजना गरेको महिला समूह उदघाटन समारोहमा उनले सो आवश्यकता औंल्याएका हुन् । ‘वैदेशिक रोजगारीमा गएको परिवारका सदस्यहरुको सहकारी हुनु पर्छ भन्ने मेरो सपना नै हो , रेमिट् यान्सको सदुपयोग हुनु पर्छ र यसको लागि सहकारी नै उत्तम विकल्प पनि हो,’उनले भने । वैदेशिक रोजागारीमा रहेकोहरुको पीडादायी अवस्थाको वर्णन गर्न नसकिने भएकोले त्यसको समाधानको लागि सुरु भएको पहलमा सामी परियोजनाको उल्लेखनीय योगदान रहेको प्रमुख साहले चर्चा गरे । देशमै रोजागारी हुनु पर्छ यदि छैन भने विदेश जानै परे सुसूचित भएर जानु पर्ने जिकिर गर्दै प्रमुख साहले भने,‘ विदेशमा दुख गरेर पैसा कमाइन्छ त्यसैले त्यो पैसाको लगानी हुन सक्नु पर्छ किनकी जीवनभरि विदेशमै कमाउन सकिन्न ।’ बिना कुनै सीप विदेशमा गए कम तलब लगायतको विभिन्न समस्याको सामना गर्नु परिरहेको उल्लेख गर्दै उनले दक्षता हासिल गरी मात्रै रोजगारीमा जानु पर्ने सुझाव दिए ।

वैदेशिक रोजागारीको कारणमा समाजमा थुप्रै प्रकारको समस्या समेत देखिएकोले समूह निर्माणले समाजमा हुने विकृति विसंगतिमा समेत कमी आउने र समस्या परेको बेला समूहिक रुपमा समाधान गर्न समेत सजिलो हुने विश्वास प्रमुख साहले व्यक्त गरे । सोही अवसरमा परियोजनामा उत्कृष्ट स्वयम्सेवी वसन्त कर्ण तथा परियोजनाको कार्यक्रममा सहयोग गर्दै आएका प्रदेश सभा सचिवालय सदस्य मसुईद्दिनलाई सम्मान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News