२०७८ पुष १७, शनिबार ०७:२७

जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–५ गोबरौरा वार्ड कार्यालय भवनको उद्घाटन गरिएको छ ।

शुक्रबार आयोजित एक समारोहबीच मटिहानी नपाका मेयर हरि प्रसाद मण्डलले वडा कार्यालयको नवनिर्मित भवनको उदघाटन गरेका हुन् । जिल्ला समन्वय समिति महोत्तरी तथा मटिहानी नगरपालिकाको गरी करीब ३७ लाख १५ हजारको लागतमा कार्यालय भवनको निर्माण गरिएको ईन्जिनियर विमलेश साहले जानकारी दिए । भवनमा तीन वटा कोठा, सभाकक्ष तथा दुई वटा शौचालय रहेको छ । वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष देवकृष्ण कापरको अध्यक्षतामा भएको सो समारोहमा मटिहानी नपाका उप–मेयर शिवो देवी साह, वडा अध्यक्षहरु मइनुद्दीन राईन, जीतनारायण माझी, शिवशंकर कुमार राय, शिवचन्द्र झा, पूर्व गाविस अध्यक्षहरु कुशेश्वर यादव, तेजनारायण यादव सहित स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comment

Related News

Latest News

Trending News