अपडेट 
२०७८ पुष १८, आईतवार ०६:१७

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा अवस्थित पोखरिया अस्पताललाई स्तरवृद्धि गरी ५० शैय्या बनाउन प्रदेश सरकार समक्ष माग गरिएको छ ।

हाल १५ शैय्याको उक्त अस्पताललाई स्तरोन्नति गरी ५० शैय् या बनाउन प्रदेश सरकारसमक्ष माग गरिएको पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले जानकारी दिए । अस्पतालको स्तरोन्नतिसहित भौतिक संरचना वृद्धिबारे सामाजिक विकासमन्त्री नवलकिशोर साह समक्ष छलफल गरिएको नगरप्रमुख रौनियारले बताए । अस्पतालको हाल रहेको भवनमा माथिलो तल्ला थप गर्न मन्त्रालयसँग रकम निकासा गर्नसमेत माग गरिएको छ । साथै अस्पतालमा आवश्यक औषधिसहित शल्यक्रिया कक्ष, आइसियु तथा नवजात शिशु सघन हेरचाह इकाइ सेवा सञ्चालन गर्न थप रकम उपलब्ध गराउनसमेत प्रदेश सरकारसमक्ष माग गरिएको हो । यसैबीच पोखरिया नगरपालिका–९ जगतपुरमा निर्माणाधीन अधुरो बर्थिङ सेन्टरको भवन निमार्णमा समेत सहयोग गर्न प्रदेश सरकारसमक्ष माग गरिएको छ । पोखरिया अस्पतालबाट पर्साका पोखरिया नगरपालिकासहित जिल्लाका अन्य ग्रामीण क्षेत्रका सेवाग्राहीहरुले सेवा लिने गरेका छन् ।

Comment


Related News

Latest News

Trending News