२०७८ पुष १८, आईतवार १४:१२

धनुषामा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा आन्दोलनकारीहरु राज्यमार्ग अवरुद्ध गरेपछि त्यसलाई खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा चार आन्दोलनकारी र दुईजना प्रहरी घाइते भएका छन् ।  झडपमा घाइतेभएकाहरुको नाम अहिले खुलेको छैन् ।

अवस्थालाई नियन्त्रणमा लिनका लागि झडपको क्रममा करिब एक दर्जन अश्रुग्यासँ प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताए । उनले प्रदर्शनकारीको तर्फबाट ढुंंगामुढा हुन थालेपछि जवाफमा प्रहरीको तर्फबाट अश्रुग्यासँ प्रहार भएको बताए ।

अहिले उक्त ठाउँमा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको छ ।

https://www.youtube.com/watch?v=rqXeGkrPWeA

Comment


Related News

Latest News

Trending News