अपडेट 
२०७८ पुष १८, आईतवार १६:१८

नेपालमा आइतबार २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार ९ सय ६२ पिसिआर परिक्षणका क्रममा २ सय १३ जना र १ हजार ६ सय ६९ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ९६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २०९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १२ हजार ४ सय १९ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ७१ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वरेन्टाइनमा रहेको मन्त्रालले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News