अपडेट 
२०७८ पुष १९, सोमबार ०७:०४

कलैया । जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनका लागि कुनै कसर बांकी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

द–सहरा लोन सेविंग्स कोअपरेटिभ सोसाईटी लिमिटेडको २५ आंै साधारणसभाको कलैयामा आईतबार उदघाटन गर्दै सहायक प्रजिअ सेढाईले दलाल र बिचौलिया मार्फत हुने काम कुनैपनि हालतमा सहय नहुने बताउंदै नागरिकको कामकाज बिना कुनै झन्झट सहज रुपमा गर्नकालागि मातहतका सबै कर्मचारीहरुलाई निर्देशन दिईसकेको बताए । शीतलहर विपदका लागि जिल्ला प्रशासनले पीडित भएकाहरुकालागि न्यानो कपडा वितरण तथा ठाउं–ठाउंमा आगो बाल्ने व्यवस्थामा जुट्दै जिल्लाको सबै स्थानीय तहहरुलाई सो कार्यमा जुट्न ध्यानाकर्षण गराईसकेको समेत जानकारी दिए । फरक प्रसंगमा प्रजिअ सेढाईले सहकारीको माध्यमबाट गरिब, असहाय एवम् विपन्न वर्गका समुदाय र व्यतिmहरुको आर्थिक उन्नति संगै जीवन स्तरलाई उकास्ने काममा ठूलो मद्त पुगेकोमा जोड दिए । साहु महाजनहरुको चर्को ब्याजबाट आफ्नो जीवनस्तरलाई अगाडि बढाउन ती तह तप्काका व्यतिmहरुलाई निकै सास्ती खेप्नु परिरहेको अवस्थामा गाउं–गाउंमा सहकारी आएर कम ब्याजमा पैसा लिइ साना व्यापार तथा आयआर्जनको कामबाट आफनो जीवन त्यस्ता खालका ब्यतिmहरुले चलायमान बनाईरहेको धारणा प्रजिअ सेढाइले राखे ।

सोही कार्यक्रममा बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले गणतन्त्रमा नागरिकलाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने भए पनि हरेक निकायमा बिचौलिया मार्फत मात्रै कामकाज हुने गरेको गुनासो पोखे । सर्वसाधारण नागरिकको काम सहज र सरल रुपमा हुनुपर्नेमा उनले जोड दिए । संचालक समितिका सदस्य राकेश पाण्डेयको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल प्रहरीका डिएसपी राजेश थापा, नेपाल प्रेस यूनियनका अध्यक्ष श्यामबाबु यादव, समाजवादी प्रेस संगठनका अध्यक्ष अजय साह, पत्रकार मुकेश यादव, पवन यादव, जयनारायण यादव, ब्रम्ह कुमारी राजसेवा योग्य केन्द्रका सुस्मा दिदी, लगायतले आ–आप्mनो धारणा राखेका थिए । कार्यक्रममा पुनम साह, असल त्रृणी र असल कार्यकर्ता गरी दुइ जनालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा शाखाका प्रवन्धक सुजित कुमार बरालले संस्थाको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News