वीरगञ्ज । प्रदेश २ स्तरीय अन्तर–बैंक सेभेन साईड फुटबल प्रतियोगिता २०७८ सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैँक कर्मचारी संघ वीरगञ्ज समितिको आयोजनामा भएको सो प्रतियोगितामा अन्तर बैंकका २३ वटा बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा कामना विकास बंैक र सिभिल बैंक बीच प्रतिस्पर्धा भएको थियो । ३० मिनटको प्रतिस्पर्धामा कामना विकास बैंकले सिभिल बैँकलाइ खेलको ७ औं र २० औं मिनटमा गरी दुइ गोल प्रहार गरेर शुन्यका विरुद्ध दुइ गोलले विजयी भएको छ । वीरगञ्जको आदर्शनगर रंगशालामा भएको अन्तर–बैंक फुटबल प्रतियोगिताको समापन राष्ट्र बैँकका डेप्युटी गभर्नर बमबहादुर मिश्रा र राष्ट्र बैँक कर्मचारी संघ पर्साका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले संयुक्तरुपमा गरेका थिए । प्रतिायोगितामा प्रथम, हुने कामना बैंकलाई नगद २० हजार.र द्वितीय हुने सिभिल बैंकलाई १० हजारको नगद तथा कदरपत्र प्रदान गरी पुरस्कृत गरिएको थियो । मंसिर २८ गतेदेखि सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।


