२०७८ पुष २०, मंगलवार ०६:१०
गौर । नेपाल मुस्लिम महिला कल्याण समाजले गौर नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोभिड– १९को जोखिमलाई मध्येनजर गर्दै समाजले मास्क लगायतका स्वास्थ्य सामग्री नगरपालिकालाई निःशुल्क उपलव्ध गराएको हो । १ सय पोका सर्जिकल मास्क, १४ थान प्लस अक्सिमिटर, १२ जार सेनीटाइजर, १ सय ५० थान एन्टीजेन किट,१५ थान अक्सिजन रेगुलेटर, १५ पोका ग्लोब्स (पंजा) १५ थान अक्सिजन सिलिण्डर नगरपालिकालाई प्रदान गरिएको नगर प्रमुख अजय गुप्ताले जानकारी दिए । सोमबार एक कार्यक्रमको आयोजना गरी समाजकी अध्यक्ष सीमा खाँले नगर प्रमुख गुप्तालाई सो सामग्री हस्तान्तरण गरेकी थिइन् ।


