२०७८ पुष २१, बुधबार ०६:१६

गौर । रौतहट जिल्लाको गौर नगरपालिका–५ बरहवा पुल नजिक रहेको बीज भण्डारबाट प्रहरीले २३ बोरा भारतीय युरिया मल बरामद गरेको छ ।

भारतबाट ल्याएर चर्को मूल्यमा विक्री गर्ने उदेश्यले भण्डारण गरी राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उक्त युरिया मल बरामद गरेको हो । भण्डारण गरिएको भारतीय युरिया खादको बोरा बरामद गरिएको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । उनले किसानको लागि छुट भए पनि भण्डारण गर्न नमिल्ने भएकोले पक्राउ गरिएको स्पष्ट गरे । युरिया मलको अभावको कारण किसानहरु गहुं बालीमा मल हाल्न नपाएको अवस्थामा भण्डारण गरी राखिएको खाद अवैध रहेको प्रहरीको तर्क छ । बरामद गरिएको खाद कारवाहीको लागि जिल्ला भन्सार कार्यालयमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

https://www.youtube.com/watch?v=R7LsVtWys04&t=6s

Comment


Related News

Latest News

Trending News