अपडेट 
२०७८ पुष २१, बुधबार ०६:२७

जनकपुरधाम । धनुषाको लक्ष्मिनियां गाउंपालिकाको स्वास्थ्य शाखामा तालाबन्दी गरिएको छ ।

शाखामा कार्यरत कर्मचारी मनोहर यादवको सरुवा गरेको निहुँमा तालाबन्दी गरिएको हो । पालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष तेज कुमार यादवको नातामा पर्ने मनोहर यादवलाई सरुवा गरिएकै निहुँमा तालाबन्दी गरिएको गापा स्रोतले जनाएको छ । वडाअध्यक्ष नातेदार भएपछि मनोमानी तरिकाले पटक–पटक अनुशासनहीन काम गर्दै विवादित बन्दै आएका मनोहरलाई गापाले केही दिन अगाडि स्वास्थ्य चौकी सपहीमा सरुवा गरिएकोमा आपत्ति जनाउंदै वडाअध्यक्षकै नेतृत्वमा मंगलबार तालाबन्दी गरिएको छ । यता वडाअध्यक्ष यादवले स्वास्थ्य चौकीमा भएको आर्थिक क्रियाकलापबारे जानकारी माग्दा नदिएको र बैठक नै नगरी कर्मचारीको सरुवा स्वेच्छाचारी ढंगले गरेको भन्दै तालाबन्दी गरेको बताए ।

Comment


Related News

Latest News

Trending News